• २०८१ बैशाख ७ शुक्रबार

अभिनेता फरहान अख्तरको नयाँ अफ्येर्स ! 

kharibot

मुम्बई।  बलिवुड अभिनेता फरहान अख्तर पछिल्लो समय आफ्ना फिल्म भन्दा निजि अफ्येर्सका आरन चर्चामा आएका छन्। पत्नी अधुनासँगको सम्बन्ध विच्छेदपछि अभिनेत्री श्रद्धा कपुरसँगको अफ्येर्सका कारण चर्चामा रहेका फरहान अहिले फेरी नयाँ अफ्येर्सका कारण चर्चामा रहेका छन्।  

श्रद्धा कपुरसँगको अफ्येर्स श्रद्धाका पिता शक्ति कपुरले हस्तक्षेप गरेपछि टुटेको बलिवुडमा यसअघि नै चर्चाको विषय बनेको थियो। दुवैले रकअन २ फिल्ममा संगै काम पनि गरे तर फिल्म भने फ्लप हुन पुग्यो। पत्नी अधुनासँगको सम्बन्ध बिच्छेदमा पनि श्रद्धासँगको सम्बन्ध नै कारण भएको बताइन्छ।       

अब अहिले श्रद्धासँग टाढा भएपछि फरहान अभिनेत्री एवं गायिका शिवानी दानडेकरसँग रिलेसनसिपमा रहेको बलिवुडमा चर्चा चलेको छ। दुवैलाई धेरै जसो सार्वजनिक ठाउमा देखिन थालेपछि फरहान अब नयाँ रिलेसनसिपमा रहेको बताइएको छ। दुवै पछिल्लो ३ बर्षदेखि नै एकअर्कासँग नजिक रहेपनि पछिल्लो समय सँगै देखिन थालेको भारतीय मिडियाले चर्चा गरेका छन्।  

४४ बर्षिय अभिनेता फरहानका पछिल्ला फिल्म असफल भइरहेका छन्।  फरहानका रकअन २, लखनउ सेन्ट्रल जस्ता फिल्म बक्स अफिसमा असफल भएका थिए। अब उनले अभिनेत्री प्रियंका चोपडासँग ‘द स्काई इज़ पिंक’ को शूटिंग सुरु भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै