चीनमा चार आँखा र दुई टाउको भएको अनौठो बाच्छी जन्मियो ! 

खरीबोट

तस्बिर : एसियावाइर/मिरर युके

चीन । एउटा अनौठो गाईको बाच्छी चीनमा जन्मिएको छ । जसको दुई टाउको दुई मुख र चार आँखा छन् । दुवै मुखले काम गर्छन् । अस्वाभाविक लाग्ने गरी जन्मिएको उक्त बाच्छी जेनेटिक म्युटेसनका कारण यसो भएको हुनसक्ने मानिएको छ । 

उत्तर पश्चिम चीनको शान्जी प्रान्तको डोंगाउ भन्ने गाउँमा उक्त बाच्छी जन्मिएको हो । फेंग नामका एक गाउँलेले उक्त बाच्छीको तस्बिर सेयर गरेका छन् । अरु सबै बाच्छाबाच्छी सामान्य रहे पनि उक्त बाच्छी भने असाधारण प्रकृतिको जन्मिएको हो । 

अहिलेसम्म स्वस्थ रहेको उक्त बाच्छी उभिन भने नसक्ने बताइएको छ । ६ वर्षको एउटा गाईले उक्त बाच्छी जन्माएको हो । अहिले उक्त बाच्छी गाउँकै आकर्षण बनेको छ ।

जिन म्युटेसनका कारण यस्तो भएको हुनसक्ने अधिकारीहरुले बताएका छन् । यस्ता प्रकृतिका जनावर धेरै लामो समय बाँच्न नसक्ने बताइन्छ । 

सम्बन्धित समाचार

डेढ महिनादेखि गाईघाट - फोक्सिङटार सडक अवरुद्ध

उदयपुर / सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको गाईघाटदेखि फोक्सिङटार सडकखण्ड डेढ महिनादेखि पहिरोका कारण अवरुद्ध भएको छ । यसले उदयपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने सम्पूर्ण यातायात अवरुद्ध भएको छ ।  गाईघाट

मट्टितेल छर्केर आगो लगाई हत्या गरेको आरोपमा जाहेरी

बुटवल ।  रुपन्देहीको कञ्चन गाउँपालिका–५ की १६ वर्षीया एक किशोरीको एक साताभन्दा बढी समय उपचारपश्चात ज्यान गएसँगै उनको हत्या भएको अरोप लगाइएको छ ।  आफ्नै घरमा सुतेको अवस्थामा यही असार १० गते समीक्षा

आफूमाथि झुटो आरोप लगाईएको भन्दै श्रीनिवासाचार्यद्धारा छानविन गर्न माग 

काठमाडौ । २०७४ चैत्र २५ गते मोरङको विराटनगरमा गोली लागेका यूवा सन्त श्रीनिवासाचार्यले आफूमाथि झुटो आरोप लगाईएको भन्दै राष्ट्रिय छानविन आयोग गठन गर्न माग गरेका छन् ।  रिपोर्टर्स क्लब नेपालमा मंगलबार

गाईघाट –दिक्तेल सडकमा यातायात सेवा बन्द

गाईघाट ।  उदयपुरको सदरमुकाम गाईघाटदेखि छिमेकी पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट– दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीमा जडित बेलिब्रिज खोलिने भएपछि गाईघाट –दिक्तेल सडकमा छ महिनाका लागि यातायात सेवा बन्द हुने भएको