• २०८१ बैशाख ७ शुक्रबार

हरेक दिन सडक दुर्घटना, के छन् कम गर्ने उपाय ?

kharibot

तस्बीर : रासस

काठमाडौँ।  गत हप्ता भएको सडक दुर्घटनामा परी दुई किशोरको मृत्यु भएसँगै बङ्गलादेशका हजारौ युवाहरू सडकमा उत्रिए सुरक्षित सडकको माग गर्दै । बङ्गलादेशमा भइरहेको विद्यार्थीहरुको व्यापक प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि त्यसलाई निस्तेज पार्न आइतबारदेखि सरकारले मोबाइल इन्टरनेट सेवा  समेत बन्द गर्न पुग्यो ।  

हामी कँहा पनि हरेक दिन जसो दुर्घटनाका खबर आइरहेका छन्। बुधबार बिहान चितवनमा बस र तर्क एक आपसमा ठोक्किदा ४ जना को ज्यान गयो। मंगलबार राति मात्र काठमाडौंको महाराजगंजस्थित अमेरिकी दुतावास अगाडी दुर्घटना हुदा २ जनाको मृत्यु भयो । केहि साताअघि मुस्ताङ्गमा टिपर दुर्घटना हुदा निर्दोष मजदुरले ग्यान गुमाए ।

दुर्घटनाका खबर हरेको दिन आइरहेका छन् र ज्यान गुमिरहेका छन्। नेपाल प्रहरीको एक तथ्याङ्क अनुसार सडक दुर्घटनाबाट औसतमा दैनिक ५ जना नेपालीले ज्यान गुमाउछन्, भने बार्षिक १८ सयले, त्यस्तै लगभग १२ हजार हरेक बर्ष सडक दुर्घटनामा घाइते हुन्छन्।

नेपाल प्रहरीको एक तथ्याङ्क अनुसार सडक दुर्घटनाबाट औसतमा दैनिक ५ जना नेपालीले ज्यान गुमाउछन्, भने बार्षिक १८ सयले, त्यस्तै लगभग १२ हजार हरेक बर्ष सडक दुर्घटनामा घाइते हुन्छन्।

त्यस्तै एक आँकडा अनुसार धादिङ जिल्लामा भएका विभिन्न सवारी दुर्घटनामा तीन वर्षको अवधिमा २९० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४-७५ मा मात्र सवारी दुर्घटनाबाट ११७ को मृत्यु भएको छ । दुर्घटनामा २०७ जना घाइते भएका छन् । अधिकांश सवारी दुर्घटना राति १ बजेदेखि बिहान ५ बजेको समयमा भएको छ भने यी दुर्घटन त्रिशुली नदीको आसपासमा भएका छन् ।  

ट्राफिक प्रहरीको अनुसार नेपालमा सडक दुर्घटना हुनुको मुख्य कारणमा चालकको लापरबाही रहेको छ । दुघटनाका कारण मध्ये चालकको लापरबाही ६७ प्रतिशत, यात्रुको गल्ती ४ प्रतिशत, ओभरटेक ४ प्रतिशत, तीव्र गति १५ प्रतिशत, यान्त्रिक गडबडी ४ प्रतिशत र अन्य ६ प्रतिशत रहेको छ ।  

तीव्र गतिमा सवारी चलाउने, अनावश्यक प्रश्तिस्पर्धा, प्राविधिक तथा यान्त्रिक खराबी जाँच नगरी सवारी चलाउने, क्षमता भन्दा बढी यात्रु चढाउने, जोखिम मोलेर नयाँ र अप्ठ्यारो सडकमा सवारी चलाउने, हेलचेक्रयाइ तथा रिसाएर सवारी चलाउने, कम उमेरमा ठूला सवारी साधन चलाउने, सडक प्रयोगबारे सवारी चालकले ऐनकानूनको जानकारी नगराख्दा सडक दुर्घटना हुन्छ। तथ्यअनुसार ८६ प्रतिशत दुर्घटना सवारी चालककै कारण हुनेगर्छ।

सडक दुर्घटना मुलतः कुनै एउटा पक्ष मात्रैको कमजारीले हुने र रोकिने देखिदैन। सडक, सवारी चालक, सवारी साधन, यात्रुको चेतना र ट्राफिक व्यवस्थापनमा सरकारले उचित ध्यान नपुर्याउदा सडक दुर्घटना हुन्छ।

शहरी क्षेत्रमा सडक विस्तार सुस्त छ, भएका जीर्ण छन्। पहाडमा रेखा मात्र कोरिएका सडकमा सवारी साधन गुडिरहेको छ। केही स्थानबाहेक भत्किएका, खाल्डा परेका, साइड दिनै नसकिने साँघुरा, खोला तथा खहरेमा बनेका पुलहरु एकतर्फी खालका, पानी जम्ने, बाढी बग्ने छन्। खोलाको यात्रा, हिलाम्मे धानखेतको यात्रा, चट्टाने गग्रेटो र भूमीजस्तो धुलाम्मे सडकमा चुनौती लिएर सवारी साधन गुडिरहेका छन्।

सरकारले सवारी साधनबाट मात्रै बार्षिक लगभग ४ अर्बभन्दा बढी राजश्व संकलन गर्छ, भने यातायात व्यवस्था विभागले विभिन्न शीर्षकमा ८ अर्बभन्दा बढी राजश्व संकलन गर्छ । तर, सरकारले दुर्घटना न्यूनीकरणका कारणको खोजी गरी कार्यान्वयन गरेको पाइदैन। 

सरकारले सवारी साधनबाट मात्रै बार्षिक लगभग ४ अर्बभन्दा बढी राजश्व संकलन गर्छ, भने यातायात व्यवस्था विभागले विभिन्न शीर्षकमा ८ अर्बभन्दा बढी राजश्व संकलन गर्छ । तर, सरकारले दुर्घटना न्यूनीकरणका कारणको खोजी गरी कार्यान्वयन गरेको पाइदैन। 

विश्व स्वास्थ्य संगठनको प्रतिबेदन अनुसार नेपालमा मानिसको मृत्युको चौथो कारण सडक दुर्घटना हो । बर्षेनी नेपालमा हुने मृत्यु मध्ये ७ प्रतिशत मानिसको सडक दुघटनाबाट मृत्यु हुन्छ ।  नेपालको भौगोलिक अवस्था, कमजोर सडक निति, चालकको लापरबाहीका कारण सडक दुर्घटना धेरै हुने गरेका छन् । विश्वको तथ्याङक हेर्दा प्रति ६ सेकेण्डमा १ जनाले सडक दुर्घटनामा ज्यान गुमाउछन् ।

नेपालमा यातायातका साधनहरुको आयात अनियन्त्रित र असन्तुलित हुनु सडक दुर्घटनाको कारण हो । आर्थिक वर्ष २०६९ /०७० को अन्त्यसम्म देशभरमा १५ लाख ५७ हजार ४ सय ७८ वटा सवारी साधन रहेका थिए । तर नयाँ आँकडाले यातायातका साधनहरुको आयात कसरी बढेको छ भन्ने देखाउछ। अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षण अनुसार २०४६/४७ देखि २०७३/२०७४ सम्म २७ लाख ८३ हजार ४ सय २८ सवारी साधन रहेकोमा गत आर्थिक बर्षको फागुनसम्म २ लाख ६८ हजार ९ सय ६९ सवारी साधन थप भएको देखिन्छ । यसरी गत फागुनसम्म कुल सवारी साधनको संख्या ३० लाख ५२ हजार ३ सय ९७ रहेको छ। जसमा ७९ प्रतिशत मोटरसाइकलको संख्या रहेको छ। 

सडक दुर्घटना कम गर्ने उपायहरु :

पहाडी क्षेत्रका सांघुरा तथा कच्ची सडकमा तिन वटा साफ्ट भएका लामा सवारी साधन सञ्चालनमा रोक लगाउनु पर्छ । यस्ता सडकमा फोर ह्विल अनिवार्य गरिनु पर्छ । रातिको लागि विशेष ट्राफिक संकेत बोर्डहरु राख्ने, सवारी साधनको अवस्थाको जांच गर्न केन्द्रहरु स्थापना गर्ने, रुट तथा सवारी क्षमता अनुसार सञ्चालन अनुमति दिने, सडकको लगत राखि प्राविधिक परिक्षण गर्ने, सडकको प्राविधिक परिक्षण नगरी सवारी सञ्चालनको अनुमति नदिने, सवै प्रकारका सवारीको आयु तोक्ने गर्नाले सवारी दुर्घटना कम गर्न सकिन्छ ।

त्यस्तै सडक विस्तार कार्य तीव्र बनाउदै सडकलाई बलियो र फराकिलो बनाउपर्ने देखिन्छ । सडक  मर्मत २४ सैं घण्टा, सडक विस्तार ३ सय ६५ दिन निरन्तर गर्ने प्रणालीको विकास गर्नु पर्दछ । पैदल यात्री तथा दुई पाङग्रे सवारीका लागि छुट्टै सडक लेन बनाउने, हाई वे भनिएका सडकलाई हाई वे को मापदण्ड अनुसार व्यवस्थित गर्ने, सडक आसपासका घुम्तीहरु, ढाटहरु, जिकज्याकहरु हटाउने गर्नुपर्ने देखिन्छ। 

त्यस्तै सवारी चालक अनुमति पत्र लिनु अघि वा लिईसकेपछि सरकारको मान्यता प्राप्त सस्थाबाट तालिम लिनु पर्ने र त्यस्ता तालिम लिएपछि मात्र व्वसायिक रुपमा सवारी चलाउन योग्य मानिने व्यवस्था गर्नैपर्ने देखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै