• २०८१ बैशाख १३ बिहीबार

मेरो कार्यकाल सकारात्मक र प्रभावकारी रह्यो – प्रधानसेनापति राजेन्द्र क्षत्री

kharibot

काठमाडौँ।  प्रधानसेनापति राजेन्द्र क्षत्रीले आफ्नो कार्यकाल चुनौतीपूर्ण रहे पनि समग्रमा सकारात्मक र प्रभावकारी भएको बताएका छन् । 

सैनिक मुख्यालय जंगी अड्डामा सकल दर्जालाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा राष्ट्रिय सुरक्षा नीति तयार भई राजपत्रमा प्रकाशत भएको, तीन वटा पृतना, दुई वटा बाहिनी खडा भएको, विशेष फौज गुल्म, महिलाका लागि गोरखकाली गुल्म खडा भएको बताए । 

प्रधानसेनापति क्षत्रीले नेपाली सेनाको ४२ प्रधानसेनापतिका रुपमा आफ्नो कार्यकाल पूरा गरी आजदेखि बिदामा बस्न लागेका छन् । सेनाको नेतृत्व नियुक्ति भएलगत्तै १० बुँदे मार्ग निर्देशन विसं २०७२ जारी गरेको कामको थालनी गरेका प्रधानसेनापति क्षत्रीले ९२ वृद्धाको बिदाइ सम्बोधनमा आफ्नो कार्यकालमा संगठनमा भएका सुधार र उन्नतिको चर्चा गरेका थिए । 

क्षत्री आजदेखि बिदामा बस्ने भएपछि बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिका रुपमा आजदेखि नेपाली सेनाको कमाण्ड सम्हाल्दै छन् । 

प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा बलाधिकृतरथी थापालाई नेपाली सेना बुझबुझारथ गर्नेछन् । प्रधानसेनापतिले आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि बिदा बस्ने परम्पराअनुरुप प्रधानसेनापति क्षत्रीले कमाण्ड हस्तान्तरण गर्न लागेका हुन् । 

बलाधिकृतरथी थापाले भदौ २३ गतेदेखि मात्र नेपालको ४३औँ प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हाल्ने छन् । विसं २०१७ भदौ २५ गते गाउँ शहरमा जन्मिएका बलाधिकृत थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै