• २०८१ बैशाख ६ बिहीबार

नेपालको ब्याटिंग कोचमा भारतीय प्रशिक्षक अपूर्व देसाइ आउदै 

kharibot

काठमाडाैं।  एशिया कप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक अपूर्व सुबोदभाइ देसाइ नेपाल आउने भएका छन् ।

४३ वर्षीय देसाईलाई नेपालको शिफारिस अनुसार आईसीसीले एशिया कप तयारीका लागि नेपाल पठाउने तयारी गरेको छ । भारतका लेभल सी प्रशिक्षक देसाइ अर्को सातासम्ममा नेपाल आइपुग्ने बताइएको छ ।

पछिल्लो समय देसाईले भारतीय 'ए' टिम र फर्स्ट क्लास क्रिकेटरलाई प्रशिक्षण दिदै आएका छन्। उनी हाल अमेरिकाको क्रिकेट टिमका कार्यकारी सल्लाहकार हुन् भने गुजरात क्रिकेट एसोसियसनका छनौटकर्ता पनि हुन्। 

नेदरल्याण्ड्सविरुद्ध ऐतिहासिक पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय सिरिज खेलेर दुई दिनअघि स्वदेश फर्किएको नेपाली टोलीले एशिया कप छनोटको तयारी सुरु गर्दैछ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले एसिया कप क्रिकेट क्वालिफायर प्रतियोगिता आगामी भदौ १३ देखि २१ सम्म क्वालालाम्पुरमा हुने भएको छ । जसमा नेपाल, युएई, हङकङ, सिंगापुर, ओमान र घरेलु टोली मलेसिया भिड्दै छन् । 

क्वालिफायर प्रतियोगिताको तालिका यस प्रकार रहेको छ :

अगष्ट २९ (भदौ १३ गते) : मलेसिया भर्सेज हङकङ, नेपाल भर्सेज ओमान, युएई भर्सेज सिंगापुर 
अगष्ट ३० (भदौ १४ गते) : युएई भर्सेज नेपाल, हङकङ भर्सेज सिंगापुर, मलेसिया भर्सेज ओमान
सेप्टेम्बर १ ( भदौ १६ गते) : ओमान भर्सेज सिंगापुर, मलेसिया भर्सेज नेपाल, युएई भर्सेज हङकङ
सेप्टेम्बर २ (भदौ १७ गते) : हङकङ भर्सेज ओमान, मलेसिया भर्सेज युएई, नेपाल भर्सेज सिंगापुर 
सेप्टेम्बर ४ (भदौ १९ गते) : मलेसिया भर्सेज सिंगापुर, युएई भर्सेज ओमान, नेपाल भर्सेज हङकङ
सेप्टेम्बर ६ (भदौ २१ गते) : फाइनल          

एशिया कपमा भदौ ३० गते देखि असोज १२ गतेसम्म हुने प्रतियोगितामा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र र छनोट भएर जाने एक गरी कुल ६ राष्ट्र सहभागी हुनेछन् । छनौट हुने देशले भदौ ३१ मा  पाकिस्तानसँग र असोज २ मा भारतसँग खेल्ने छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै