नेपाल मेडिसिटी र नेपाल इन्भेष्टमेन्ट बैंकबीच सेवाग्राहीलाई विशेष छुट दिने सम्झौता

खरीबोट

ललितपुर।  नेपाल मेडिसिटी र नेपाल इन्भेष्टमेन्ट बैंकबीच सेवाग्राहीलाई विशेष छुट दिने सम्झौता भएको छ । 

बुधबार ललितपुरमा गरिएको हस्ताक्षर कार्यक्रममा अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले सम्झौतापत्रमा हस्ताक्षर गरे भने प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र नायव महाप्रबन्धक बिजेन्द्र सुवालले हस्ताक्षर गरेसँगै इन्भेष्टमेन्ट बैंकका कर्मचारी र सेवाग्राहीले विशेष छुट पाउने भएका छन् । 

सम्झौता कार्यान्वयनमा आएसंगै बैकका विभिन्न सामाजिक उत्तर दायित्व कार्यक्रममा अस्पतालको सहभागिता रहने र अस्पतालका विभिन्न योजनामा बैकले साथ दिने भएको छ । खासगरी, बैंकका कार्ड उपभोक्ताले उपचारमा सहुलियत प्राप्त गर्नेछन् । 

अस्पतालका महाप्रबन्धक विजय रिमालले मुलुकको बैंकिङ्ग क्षेत्रमा सशक्त भूमिका खेल्दै आएको नेपाल इन्भेष्टमेन्ट बैंकसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । त्यस्तै, बैंकका नायव महाप्रबन्धक सुवालले सर्वसुलभ स्वास्थ्योपचार गराउदै आएको नेपाल मेडिसिटीसँग सहकार्य गर्न उत्साहित रहेको प्रतिक्रिया दिए । 

सम्बन्धित समाचार

नेपाल मेडिसिटी र गण्डकी विकास बैंकबीच विशेष छुटसम्बन्धि सम्झौता  

ललितपुर।  भैसेपाटिमा अवस्थित नेपाल मेडिसिटी अस्पताल र पोखरामा मुख्य कार्यालय रहेको गण्डकी विकास बैंकबीच उपचार सेवा आदान–प्रदानका विषयमा सम्झौता भएको छ ।  नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र गण्डकी विकास

नेपाल मेडिसिटी र नेपाल इन्भेष्टमेन्ट बैंकबीच सेवाग्राहीलाई विशेष छुट दिने सम्झौता

ललितपुर।  नेपाल मेडिसिटी र नेपाल इन्भेष्टमेन्ट बैंकबीच सेवाग्राहीलाई विशेष छुट दिने सम्झौता भएको छ ।  बुधबार ललितपुरमा गरिएको हस्ताक्षर कार्यक्रममा अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले सम्झौतापत्रमा हस्ताक्षर गरे भने प्रमुख कार्यकारी

नेपाल मेडिसिटी र नागरिक अस्पतालबिच सम्झौता 

काठमाडौँ।  आइतबार ललितपुरमा अवस्थित नेपाल मेडिसिटी र भक्तपुर अवस्थित नागरिक अस्पतालले विशेष सहमति गरेका छन् । नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र नागरिक अस्पतालका प्रबन्ध निर्देशक नागेन्द्र झाले औपचारिक

मेडिसिटी अस्पतालमा तीन दिने ब्रेष्ट तथा एसोफेगस सम्मेलन सम्पन्न  

ललितपुर। ललितपुरमा अवस्थित नेपाल मेडिसिटी अस्पतालमा सोमबारबाट शुरु भएको  ब्रेष्ट तथा एसोफेगस सम्मेलन बुधबार सम्पन्न भएको छ ।  “उपचार, पुनर्स्थान र भविष्यका आधारहरु” मूल नारा सहित आयोजना भएको सम्मेलनमा २०० भन्दा