• २०८१ बैशाख १२ बुधबार

अभिनेत्री पूजाको प्रश्न बोर्ड अध्यक्ष निकितामाथि प्रश्न, कसरी भयो चलचित्रको विकास ? 

kharibot

काठमाडौँ । फिल्म 'रामकहानी' र 'रोजी' जुध्ने भएपछि नेपाली सिनेमा बजार एक पटक फेरी तातेको छ। नौ वर्ष अगाडि निरकको 'कुसुमे रुमाल २' सँग सुदर्शनले आफ्नो फिल्म 'मेरो एउटा साथी छ' जुधाएको प्रतिसोध साँध्न 'रोजी' उक्त मितिमा आउन लागेको चर्चा सिनेवृतमा चलेको छ । 
 
अभिनेता प्रदीप खड्काको प्रमुख भूमिका रहेको 'रोजी' आफ्नो फिल्मसँग भिड्न तयार भएपछि 'रामकहानी' कि निर्मात्री समेत रहेकी अभिनेत्री पूजा शर्माले फेसबुकमा एक स्ट्याटस लेख्दै आफ्नो आक्रोस पोखेकी छन् । 
 
पुजाले आफ्नो स्टाटसमा आक्रोस चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलमाथि पोखेकी छन्  । रोजीका निर्देशक निरक पौडेल, बोर्ड अध्यक्ष निकिताका भाई हुन् । 

'संस्थाको अध्यक्ष भएर चलचित्रकर्मीलाई साथ र सहयोग गर्दै सबैलाई मिलाएर चलचित्रको विकासमा ध्यान दिनुभन्दा एउटा महिलाले नै निर्माण गरेको चलचित्रसँग जुधाएर कुन चाहिँ विकासको लागि लड्दै हुनुहुन्छ ?' उनले निकितामाथि प्रश्न तेर्साएकी छन् । 
 
पूजा लेख्छिन्, 'तपाईले मेरो चलचित्र 'रामकहानी' सँग जुधाउनु पर्छ भनेर गरेको प्लान बारे पनि जानकारी पाइसकेको छु । यो कस्तो चलचित्रको विकास गर्दै हुनुहुन्छ ? जबकि तपाइलार्इ थाहा छ मैले ६ महिना पहिला नै भदौ २२ गतेको दिन 'रामकहानी' प्रदर्शन गर्दैछु भन्ने ! तर पनि यसरी जुध्न आउनु राम्रो हो र ?' 'मेरो चलचित्रसँग तपाईले आफ्नो चलचित्र रिलिज गर्नुमा मलार्इ कुनै आपत्ति होइन तर तपार्इ जुन संस्थामा बसेर चलचित्रको विकासको कुरा गर्नु हुन्छ त्यो कुरामा आपत्ति हो, अध्यक्षज्यूको सोचप्रति आपत्ति हो', उनले लेखेकी छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै