• २०८१ बैशाख १४ शुक्रबार

नेविसंघको अधिवेशनको कार्ययोजना पेश गर्न अध्यक्ष महरलाई भदौ २ गतेसम्मको अल्टिमेटम 

kharibot

काठमाडौं । नेपाली काँग्रेसले नेविसंघको विवाद मिलाउन गठित समितिले अध्यक्ष नैनसिंह महरलाई अधिबेशनको कार्ययोजना पेश गर्न अल्टिमेटम दिएको छ ।

नेता प्रकाश शरण महतको संयोजकत्वमा गठन गरिएको समितिले अध्यक्ष महरलाई आगामी भदौ २ गतेभित्र कार्ययोजना पेश गर्न निर्देशन दिएको छ ।

अध्यक्ष महरले २ गतेसम्म अधिबेशनको कार्ययोजना पेश गरे कार्यसमितिको म्याद तीन महिना थप्ने सहमति भएको छ भने भदौ २ गतेभित्र कार्ययोजना पेश गर्न नसकेको खण्डमा भने वर्तमान समिति स्वतः खारेज हुने भएको छ ।

अध्यक्ष महरले अधिबेशन गर्न नचाहेको भन्दै यसअघि अन्य समूहले बहुमतको निर्णय भन्दै १२औं अधिबेशन घोषणा गरेको थियो । तर, विवाद मिलाउन गठित समितिको निर्णयसँगै सबै गुटका कार्यक्रम भने स्थगित हुनेभएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै