• २०८१ बैशाख ८ शनिबार

आफ्ना प्रवक्ता पक्राउ परेपछि विप्लवद्वारा आन्दोलनको घोषणा 

kharibot

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो प्रवक्ता तथा स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा पक्राउको विरोधमा आन्दोलनको घोषणा गरेको छ ।

प्रहरीले विश्वकर्मासहित ३ जनालाई मंगलबार बेलुका पक्राउ गरेको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

महासचिव नेत्रविक्रम चन्द विप्लवले बुधबार विज्ञप्ति जारी गर्दै साउन २५ गते देशब्यापी कोणसभा, २६ गते विरोधसभा, साउन २७ गते मशालजुलुस, साउन २९ गते नेपाल बन्दको घोषणा गरेका छन् । उनले राजनीतिक विचारका आधारमा गरिएको गिरफ्तारी बन्द गर्न र पक्राउ परेकाहरुलाई विना शर्त रिहा गर्न माग गरेका छन् ।

सरकारले एकपछि अर्को गर्दै राजनीतिक अधिकारमाथि प्रतिबन्ध लगाएको भन्दै लोकतन्त्रवादीहरुले यसको विरोध गर्नुपर्ने विप्लवले उल्लेख गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै