• २०८१ बैशाख १४ शुक्रबार

शिक्षा आयोग र उच्चस्तरीय कार्यदल गठन, को को बने सदस्य

kharibot

फाइल तस्बिर

काठमाडौं ।  सरकारले उच्चस्तरीय शिक्षा आयोग र उच्चस्तरीय कार्यदल गठन गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. हरी प्रसाद लम्सालले विज्ञप्ति जारी गरी आयोग गठनको निर्णय औपचारिक रुपमा सार्वजनिक गरेका छन् ।

मन्त्रिपरिषद्को भदौ १९ गतेको निर्णय अनुसार उच्चस्तरीय शिक्षा आयोग र उच्चस्तरीय कार्यदल गठन भएको विज्ञप्तिमा उल्लेख छ । उक्त आयोगलाई ५ महिनाभित्र सुझाव पेश गर्ने गरी समयावधि तोकिएको छ ।

आयोगले प्रारम्भिक बाल शिक्षादेखि विश्वविद्यालय शिक्षासम्मको समग्र नीति निर्माण देखि कार्यक्रम कार्यान्वयन तहसम्मको अध्ययन एवं विश्लेषण गरी मुलुकको संघीय संरचना (संघ, प्रदेश र स्थानीय तह) अनकूल शिक्षा नीति कार्यक्रम र संगठनात्मक स्वरुपको सुधार एवं परिमार्जन गर्ने छ ।

को को छन् आयोगमा ?

आयोगको अध्यक्षमा शिक्षामन्त्री गोपालमान श्रेष्ठ रहेका छन् भने सदस्यहरुमा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी र संसदको महिला वालबालिका तथा जेष्ठ नागरिक समितिको सभापति रहेका छन् ।

यसैगरी सांसदहरु प्रा.डा. गणेशमान गुरुङ, डा. गंगालाल तुलाधर, धनीराम पौडेल, जीवन परियार, उमेश श्रेष्ठ, गीता राणा, डा. शिवजी यादव, जगीलाल राय यादव, रुक्मिणी चौधरी, सुरेश आचार्य, भक्त खपाङ्गी, तेजकुमारी पौडेल आयोगको सदस्य छन् ।

यस्तै शिक्षाविद्हरु प्रा. केदारभक्त माथेमा, प्रा.डा. सुरेशराज शर्मा, प्रा.डा. मनप्रसाद वाग्ले, प्रा.डा. विद्यानाथ कोइराला, प्रा.डा. वासुदेव काफ्ले, प्रा.डा. मिनबहादुर विष्ट, प्रा.डा. विनय कुसीयत, प्रा.डा. प्रेमनारायण अर्याल, प्रा.डा. टंकनाथ शर्मा, डा. सुशन आचार्य, डा. पशुपति रेग्मी, ई. ध्रुवराज थापा,, बुनु जोशी, बद्रीनाथ श्रेष्ठ, राजेश खड्का, चिरञ्जिवी भण्डारी, गोविन्द कर्मचार्य आयोगको सदस्य छन् ।

त्यस्तै सदस्यहरुमा राष्ट्रिय योजना आयोगमा शिक्षा हेर्ने सदस्य, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, त्रिभुवन विश्वविद्यालयका उपकूलपति, नेपाल संस्कृत विश्वविद्यालयका उपकूलपति, काठमाडौं विश्वविद्यालयका उपकूलपति, मध्यपश्चिम विश्वविद्यालयका उपकूलपति, खुला विश्वविद्यालयका उपकूलपति, शिक्षा मन्त्रालयका सचिव पदेन सदस्यका रुपमा रहेका छन् । यस्तै अर्थ र स्थानीय विकासका सचिव, शिक्षक सेवा आयोग, त्रिवि सेवा आयोग, राष्ट्रिय परीक्षा बोर्ड र उद्योग बाणिज्य महासंघका अध्यक्ष तथा सिटिईभिटिका उपाध्यक्ष आयोगका सदस्य रहने छन् ।   

यसैगरी प्रध्यापक संघ, हिसान, दुबै प्याव्सनका अध्यक्ष पदेन सदस्य रहने छन् ।  यसैगरी शिक्षकका पेशागत संस्थाका ३, कक्षा ११ र १२ का शिक्षक मध्येबाट २, सामुदायिक विद्यालयका प्रअ मध्येबाट २, अभिभावक संघका २, विद्यालय ब्यवस्थापन समिति मध्येबाट २ जना मन्त्रालयले मनोनित गर्ने उक्त विज्ञप्तिमा उल्लेख छ ।

 उच्चस्तरीय कार्यदलमा को को छन् ?

शिक्षा क्षेत्रमा विद्यमान समस्या पहिचान गरी तत्काल गर्नु पर्ने कामहरु सिफारिस गर्ने र संघीयतामा गर्नु पर्ने दिर्घकालिन सुधारको मार्गचित्र तयार गरी प्रतिवेदन पेश गर्न भन्दै उच्चस्तरीय कार्यदल गठन गरिएको छ ।

पूर्वसचिव मल्लिक संयोजकत्वको कार्यदलमा शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ, प्रा.डा. मनोहरलाल श्रेष्ठ, प्रा.डा. श्रीरामभक्त माथे, प्रा.डा. अमुदा श्रेष्ठ, श्रीकृष्ण यादव, जनार्दन नेपाल, महाश्रम शर्मा र सोम पनेरु रहेका छन् । आयोग र कार्यदल दुवैको सदस्य सचिवमा शिक्षा मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्साल रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै