मलेसियाली पूर्व प्रधानमन्त्री रजाकलाई कालो धन थुपारेको नयाँ आरोप

खरीबोट

क्वालालम्पुर। मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकमाथि अरबौँ अमेरिकी डलर बराबरको रकम अपचलन गरेका नयाँ आरोप लागेको छ । 

मलेसियामा केही महिना अघि सम्पन्न आमनिर्वाचनको समयमा पनि विपक्षीहरुले यही विषय उठाउँदै आएका थिए । मलेसियाको राजधानी क्वालालम्पुरस्थित अदालतमा उपस्थित गराइएका उहाँमाथि करिब ४ करोड २० लाख मलेसियाली रिंगीट (एक करोड ३ लाख डलर) भ्रष्टाचार गरेको आरोप लगाइएको थियो, तर उहाँले यसलाई अस्वीकार गर्नुभएको छ । आरोप प्रमाणित भएमा उहाँले १५ वर्ष जेल बस्नुपर्नेछ । 

उनी सत्तामा रहँदा गरेका भनिएका विभिन्न तीन वटा भ्रष्टाचारका मुद्दा उनीमाथि लागेका छन् । उनलाई गत महिना पक्राउ गर्दा नै भ्रष्टाचार गरेर अवैध रकम थुपारेको आरोप लागेको थियो । बुधबारको यो आरोप तिनै आरोपमध्येको एउटा हो । 

पूर्व प्रधानमन्त्री रजाक ६५ वर्षका छन् भने गत महिना पक्राउ परेका रजाक धरौटीमा छुटेका थिए । मलेसियाली सरकारले पनि उनी प्रधानमन्त्री रहँदा उनले नै स्थापना गरेको ‘१एमडिबी’ नामको आयोजनामार्फत उनले अरबौँ डलर दुरुपयोग गरेको भनी अनुसन्धान गरिरहेको छ । 

बुधबार अदालतमा उपस्थित भएका पूर्व प्रधानमन्त्री रजाकलाई उनीमाथि लगाइएका भनिएका ती तिनवटै विषयका बारेमा के थाहा छ भनेर सोधिएको थियो । बुधबारै उनको मुद्दा अर्काे अदालतमा सारिएको छ । उनको मुद्दाको बारेमा आगामी शुक्रबार थप सुनुवाई हुने बताइएको छ । 

उनीअदालतबाट निस्किएपछि उनको दलका समर्थकहरुले नजिब रजाक अमर रहुन् भनेर नाराबाजी गरेका थिए । उनीहरुले रजाकलाई राजनीतिक प्रतिशोधका आधारमा आरोप लगाइएको बताएका थिए । 

सम्बन्धित समाचार

मलेसियाका प्रधानमन्त्री महाथिर चिनीया सम्झौता तोड्ने प्रयासमा

पुत्रजया, मलेसिया। मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले चिनीयाको सहयोगमा अघि बढाउन लागिएको अर्बौं डलरको पूर्वाधार परियोजना रद्द गर्ने तयारीमा रहेको जानकारी दिएका छन् । अघिल्लो सरकारले गरेको सम्झौता रद्द गरी मुलुकलाई

नाजिब विरुद्धको मुद्धामा फेब्रुअरीमा सुनुवाई हुने

क्वालालमपुर। मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई लागेको भ्रष्टाचारसम्वन्धी मुद्दामा आउँदो फेब्रुअरीमा मात्रै सुनुवाई हुने भएको छ ।  ठूलो परिणाममा आर्थिक दुरुपयोग गरेर भ्रष्टाचार गरेको अभियोग लागेका नाजिबको सुनुवाई फेब्रुअरीमा सुरु हुने अदालतले

एसियाली खेलकूदमा सहभागी हुने लनटेनिस टोली मलेसिया प्रस्थान

काठमाडौँ इण्डोनेसियामा हुने १८औँ एसियाली खेलकूदमा सहभागी हुने लनटेनिस टोली वैदेशिक प्रशिक्षणका लागि मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ ।  खेलाडीले मलेसिया लनटेनिस संघको एकेडेमीमा नौ दिन प्रशिक्षण गर्नेछन् । त्यसै एकेडेमीमा

मलेसियाली पूर्व प्रधानमन्त्री रजाकलाई कालो धन थुपारेको नयाँ आरोप

क्वालालम्पुर। मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकमाथि अरबौँ अमेरिकी डलर बराबरको रकम अपचलन गरेका नयाँ आरोप लागेको छ ।  मलेसियामा केही महिना अघि सम्पन्न आमनिर्वाचनको समयमा पनि विपक्षीहरुले यही विषय उठाउँदै आएका