• २०८१ बैशाख १४ शुक्रबार

सलमान खानको फिल्म सुल्तान चीनमा ११ हजार स्क्रिनमा रिलिज हुदै 

kharibot

मुम्बई।  बलिवुड सुपरस्टार सलमान खानको फिल्म सुल्तान आगामी अगस्ट ३१ बाट चीनमा रिलिज हुने भएको छ । हालै सुल्तानको चाइनिज भाषामा पोष्टरपनि रिलिज गरिएको छ। 

यश राज फिल्मसको ब्यानरमा बनेको यो फिल्मलाई चिनियाँ वितरक कम्पनि ई - स्टार्स चीनले वितरण गर्ने भएको छ।  चीन भर यो फिल्मलाई ११ हजार स्क्रिनमा रिलिज गर्न लागिएको छ। फिल्मलाई हरेक दिन ४० हजार शो चलाउने तयारी भएको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले बताएका छन्। चीनमा यति ठुलो रुपमा रिलिज हुन लागेको सुल्तान पहिलो फिल्म बनेको छ। 

सुल्तान २०१६ मा भारत लगायत अन्य देशमा रिलिज गरिएको थियो। यस फिल्मले भारतमा ३ सय करोडको ब्यापार गरेको थियो भने बाँकी देशमा एक सय २० करोडको व्यापार गरेको थियो।

अली अब्बास जाफरले निर्देशन गरेको यस फिल्ममा सलमान खान र अनुष्का शर्माको प्रमुख भूमिका रहेको छ । यस फिल्ममा सलमान एक कुस्ती खेलाडीको भूमिकामा रहेका छन्।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै