• २०८१ बैशाख ८ शनिबार

फ्रेन्च प्लेमेकर पोग्वाको म्यानचेस्टर युनाइटेड छोडेर बार्सिलोना जाने तयारी ! 

kharibot

काठमाडौँ। फ्रेन्च प्ले मेकर पाउल पोग्वाले म्यानचेस्टर युनाइटेड छोड्ने संकेत दिएका छन्।  युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होसँग रम्रो सम्बन्ध नभएका कारण पटक पटक विवादमा आइरहेका पोग्वा स्पेनिस क्लब बार्सिलोनामा जाने चर्चा चलेको छ।  

डेली मेलका अनुसार पोग्वाले बार्सिलोना जाने निधो गारिसकेको उल्लेख गरेको छ। प्रतिसाता साढे ३ लाख पारिश्रमिक पाउने गरी बार्सिलोनाले पोग्वालाई भित्राउने तयारी गरेको डेलीमेलले उल्लेख गरेको छ।  यता युनाइटेडमा भने पोग्वाको विषयमा क्लब र प्रशिक्षकबीच विवाद भएको छ।  मोरिन्होले पोग्वाले क्लबमा उत्कृष्ट प्रदर्शन गर्न नसकेको आरोप लगाउदै उनलाई बेच्न खोजेका छन् भने क्लब व्यवस्थापनले उनलाई नबेच्ने बताउदै आएको छ।   

दुई बर्ष अघि युनाइटेड आएका पोग्वाको युनाइटेडमा औसत प्रदर्शन रहेको छ।  उनले अहिलेसम्म युनाइटेडलाई कुनै पदक जिताउन उल्लेख्य भूमिका खेल्न सकेका छैनन् तर युनाइटेडले २०१६-१७ सिजनको युरोप लिग भने जितेको थियो ।  अहिलेसम्म उनले खेलेका ८८ खेलमा १५ गोल गरेका छन् ।  

२५ बर्षिय प्लेमेकर पोग्वाले हालै सम्पन्न विश्वकपमा फ्रान्सलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका पोग्वाले युनाइटेड व्यवस्थापनलाई आफुले यसै सिजनमा क्लब छोड्ने जनाकारी गराएको बताइएको छ। उनी ८९ मिलियन पाउण्डमा दुई बर्षअघि इटालियन क्लब युभेन्टसबाट युनाइटेड आएका थिए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै