• २०८१ बैशाख ४ मंगलबार

अनौठो पुल ... जहाँ भगवानको हातमाथि टेकेर मानिसहरु हिँड्छन् ! ( भिडियोसहित)

kharibot

भियतनाम । यहाँ बनाइएको एउटा नयाँ पुलले सबैको आँखा एकोहोर्याएर तानेको छ । धेरैजसो पर्यटक यो पुलदेखिपछि लोभिने गरेका छन् । किनकि यसको आर्किटेक्चर युनिक किसिमको छ । 

यसलाई काउ भांग अर्थात् गोल्डेन ब्रिज भनिन्छ । समुद्री सतहदेखि ३२ सय ८० फिट माथि भियतनामको बा ना पहाडमा रहेको यो पुलको अनौठो डिजाइनले पर्यटक तान्न थालेको हो । डिजाइन यसकारण अनौठो रहेको छ कि दुई बडेमानका हातहरुले पुललाई थामेजस्तो देखाइएको छ ।त्यस्तै स्वर्णरङको लेपन लगाइएको छ । टीए ल्याण्डस्केप आर्किटेक्चरका प्रिन्सिपल डिजाइनर भु भियत अन्हका अनुसार उक्त पुल भगवानको हातको झल्को दिने गरी पुल डिजाइन गरिएको हो । 

  • भिडियो हेर्नुहोस् - (BBC/YOUTUBE)

गत वर्ष बा ना हिल्स क्षेत्रमा २.७ मिलियन पर्यटकहरु पुगेको भियतनामको नेशनल एडमिनिस्ट्रेसन अफ टुरिजमले जनाएको छ । उक्त पुल गत जुनमा सबैका लागि खुल्ला गरिएको थियो । पुलको अनौठो डिजाइनले अझ धेरै पर्यटक यस क्षेत्रमा भित्र्याउने अपेक्षा गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै