• २०८१ बैशाख ७ शुक्रबार

यी पाँच कारण जसले एप्पललाई दुनियाँकै पहिलो १० खर्ब डलर मूल्यवान् कम्पनी बनायो 

kharibot

सिंगापुर / प्रविधिसम्बन्धी कम्पनी एप्पललाई विश्वकै एउटा सफल कम्पनी मानिएको छ । यसको मूल्य अहिले १० खर्ब डलर पुगेको छ भने यही मूल्यका कारण विश्वको पहिलो कम्पनी समेत बन्न सफल भएको छ । विश्वमा १ ट्रिलियन डलर भ्यालु (१० खर्ब डलर मूल्यवान्) भएको कम्पनी कुनै छ भने त्यो एप्पल मात्र छ । तर यो कम्पनी कसरी सफल बन्यो त ? खासगरी पाँच वटा कारणहरुले यसको उत्तर दिन्छन् । 

स्टिभ जब्स : उनी आफैँ एक ब्राण्ड 
स्टिभ जब्सको परिचय केवल एप्पलका सहसंस्थापकको रुपमा मात्र छैन, बरु प्रविधिको दुनियाकै सबैभन्दा ठूलो नाम पनि हो । उनले एप्पललाई प्रविधिको दुनियाँमा क्रान्तिको एउटा हिस्सा बनाए जसको लक्ष्य नै आम मानिसको हातमा प्रविधि पुर्याउनु थियो । आधुनिक संसारका पहिलो औपचारिक सीईओमा एकपछि अर्को चर्चा हुने क्रममा उनी आफैँ एक ब्राण्ड बनेका छन् । 

स्टिभ जब्सले स्टिभ वाजनिएकसँग मिलेर सन् १९७६ मा एप्पल कम्पनीको स्थापना गरेका थिए । त्यही बेलादेखि क्यालिफोर्नियामा रहेको कम्पनीलाई महान् वस्तु बनाउने कम्पनीको रुपमा चिन्न थालियो । सन् १९८० मा एप्पलको सेयरको माग एकदमै बढ्यो । भनिन्छ कि सन् १९५६ मा फोडर्ठ कम्पनीको सेयरको यस्तै माग हुने गथ्र्यो । त्यसपछि यति धेरै माग भएको सेयर यही कम्पनीको हो । तर सन् १९८५ मा कम्पनीका प्रमुख कार्यकारी जोन स्कलीबाट उनको विवाद सुरु भयो र सोही कारण उनले कम्पनी छोड्नुपर्यो । 

त्यसको १२ वर्षपछि अर्थात् सन् १९९७ मा नोक्सान व्यहोरेर चलिरहेको कम्पनीमा स्टिभ जब्सलाई फेरि आउने प्रस्ताव गरियो । उनी कम्पनीमा फर्किए भने विभिन्न परियोजनाहरु रद्द गरे र नयाँ प्रोजेक्ट सुरु गरे । जसको नाम थियो थिंक डिफ्रेन्ट अर्थात् केही नयाँ सोचौँ । 

यही प्रोजेक्टबाट एप्पलले आफ्ना नयाँ उत्पादन सुरु गर्यो । यसबाट कम्पनीका कर्मचारीमा पनि मनोबल बढेको विश्वास गरिन्छ । त्यसपछि कम्पनी नाफामा चल्न थाल्यो । सन् २०११ मा जब स्टिभ जब्सको मृत्यु भयो, त्यतिबेला अमेरिकी राष्ट्रपति बाराक ओबामाले एक दूरदर्शी व्यक्तित्व गुमाएको प्रतिक्रिया दिएका थिए । 

त्यसपछि अब कम्पनी त्यस्तै रहनेमा शंका गरियो । 

आईफोन : एक क्रान्ति 
सन् २००७ मा कम्पनीले आईफोन बजारमा ल्यायो । आधुनिक मोबाइल सञ्चारमाथि आईफोनको प्रभाव अहिलेसम्म निर्विवादित रुपमा बढेको बढ्यै छ । कम्पनीका अनुसार आईफोन सार्वजनिक गरेको पहिलो वर्षमै १ करोड ४० लाख आईफोन बिक्री गरियो । नोकिया र ब्ल्याकबेरी जस्ता कम्पनीले बजारमा दबदबा कायम गरिरहेको त्यो समयमा आईफोनका लागि प्रतिद्वन्द्वी जस्तै थिए । तर आईफोनले यी कम्पनीलाई छाडेर निकै अगाडि बढ्यो । 

भर्खरै आएको एक रिपोर्टअनुसार यदि दुनियाँको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनीको कुरा गर्दा दक्षिण कोरियाको कम्पनी सामसुङ, चीनको हुवावेपछि एप्पल तेस्रो स्थानमा रहेको छ । तर आज पनि आईफोनको माग विश्वमा तीव्र छ । एप्पलले पछिल्लो वर्षमात्रै विश्वभर २१ करोड ६० लाख आईफोन बेचेको थियो । आईफोन नै यस्तो उत्पादन हो जसको कारण आज एप्पलले कम्पनीको करिब ५० प्रतिशत आम्दानी गरिरहेको छ । एप्पललको भविष्यको लागि आईफोन नै अहिले महत्वपूर्ण हतियार बनेको छ । 

सर्भिस र ब्राण्डमा भरोसा 
एप्पलको सेवामा यदि कुरा गर्ने हो भने आईट्युन या एप्पल म्युजिक, एप्पल एप स्टोर, आई क्लाउड र एप्पल प्ले यसमा सामेल छन् । यो सबै एप्पलको कमाइको एउटा मुख्य माध्यम हो । यो वर्षको गत अप्रिलयता जुनसम्म एप्पलको सेवाबाट आउने कमाइमा ३१ प्रतिशत वृद्धि भएको छ । जानकारहरुका अनुसार आईफोन यदि एप्पलको पहिचान हो भने यसबाट मिल्ने सेवा र यसको ब्राण्डले निकै योगदान गरेको छ । भनिन्छ कि कोही ग्राहक यदि आईफोन खरिद गर्छ र यसको प्रयोगमा सन्तुष्ट हुन्छ भने कम्पनीका अन्य उत्पादनहरु आईप्याड, म्याकबुक र आईवाचमा पनि उसको आँखा पुग्छ अर्थात् यी अन्य उत्पादनको बिक्री पनि बढ्छ । 

बजार विश्लेषकहरु यही भन्छन् । जब कुनै कम्पनीको ब्राण्ड र सर्भिसमा भरोसा जाग्छ । तब कम्पनी लोकप्रिय हुन्छ । नाफा कमाउन थाल्छ । उत्पादनहरुको खरिदबिक्री पनि तीव्र हुन्छ । 

चीन र विकास 
विश्वको सबैभन्दा बढी स्मार्टफोनको बजार चीन हो । चीनविना एप्पलको सफलताको कथा पूर्ण हुनसक्दैन । एप्पलको मुनाफामध्येको लगभग एक चौथाइ हिस्सा चीनबाट मात्रै आउँछ । यसबाहेक एप्पल आफ्ना अधिकांश आईफोनको निर्माण दक्षिणी चीनको शेनजेन सहरमा गर्छ ।

यद्यपि कम्पनीले सन् २०१६ मार्चबाट जुलाई २०१८ को बीचमा चीनबाट आउने राजस्वमा भारी गिरावट व्यहोरेको थियो । तर कम्पनीले यो अवस्थामा पनि सुधार गरेको छ । जानकारका अनुसार चीनको मध्यम वर्गीय मानिसहरुर आईफोनलाई ज्यादै रुचाउँछन् । मध्यमवर्गीय परिवारमा आईफोन हुनुलाई छुट्टै रुपमा लिइने गरिन्छ । सोही कारण घरेलु ब्राण्डहरु सस्तो हुनुका बाबजुद एप्पलले आफ्नो स्थितिमा व्यापक सुधार गर्न सफल भएको छ । 

आज, ब्राण्डको रुपमा एप्पल 
फोब्र्स कुनै कम्पनीको वित्तीय नम्बर देखेर त्यसको ब्राण्ड भ्यालु (कम्पनीको मूल्य) तय गर्छ । उसका अनुसार पछिल्लो आठ वर्षयता एप्पले सबैभन्दा मूल्यवान् ब्राण्डको रुपमा आफ्नो स्थान मजबुत बनाइरहेको छ । फोब्र्सको सूचीअनुसार यो वर्ष एप्पलको मूल्य १८२.८ अर्ब डलर रहेको छ ।

एप्पलको मूल्य आज कुनै समया दुनियामा अमेरिकाको सबैभन्दा ठूलो कम्पनी रहेको कोकाकोलाको तुलनामा करिब तीन गुणा बढी छ । सहस्राब्दीको सुरुदेखि नै पहिले जन्मिएका मानिसको लागि जति मुस्किल कोकाकोला ब्राण्डविना बजारको कल्पना गर्न हुन्छ, त्यति नै मुस्किल २१औँ शताब्दीमा जन्मिएको मानिसको लागि एप्पल ब्राण्डविना कुनै बजारको कल्पना गर्न हुन्छ । 

धेरै बजार विश्लेषक एक ब्राण्डको रुपमा काम गर्न एप्पल सफल भएको मान्छन्, जुन कोकाकोलाले गर्न पाएन । त्यो भनेको बजारमा समकालीन बनिरहन नै हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै