• २०८१ बैशाख ७ शुक्रबार

नक्कली पेस्तोल, छुरी तथा लागूऔषध सहित पक्राउ

kharibot

काठमाडौं। भक्तपुर दुवाकोट घर भई हाल काठमाडौं महानगरपालिका-११ सुन्धारा डेरा गरी बस्ने २४ वर्षीय राजकुमार के.सी.लाई मेड इन युएस जिएमएम लेखेको नक्कली पेस्तोल, धारिलो हतियार छुरी १ थान, नियन्त्रित लागूऔषध डाईजोल्याप ३६ एम्पुल र फेनारगन ३४ एम्पुल सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।

केसीले उक्त लागूऔषध काठमाडौं महानगरपालिका-१० थापागाँउ बस्ने १९ वर्षीय अनिश थापा मगरबाट खरिद गरेको भनी बताएपछि प्रहरीले मगरलाई समेत पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै