• २०८१ बैशाख ७ शुक्रबार

संसदको सर्वोच्चता स्थापनाका लागि संसदीय समितिलाई विशेष महत्व : प्रचण्ड

kharibot

बारा। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवंम् पूर्व प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सर्वोच्चता स्थापनाका लागि संसदीय सुनुवाई समितिलाई विशेष महत्व दिईएको बताएका छन् ।

बाराको सिमरा विमानस्थलमा प्रधान न्यायाधिस नियुक्ती विवाद बारे सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा अध्यक्ष प्रचण्डले संसदको सर्वोच्चता स्थापना गर्नका लागि पहिलो पटक संसदिय सुनुवाईलाई विशेष महत्व दिईएको बताएका हुँन् । 

प्रधान न्यायधिसको नियुक्तिका लागि संवैधानीक परिषदबाट सिफारिस भएका व्यक्ति संसदीय सुनुवाई समितिबाट अस्विकृत भएको घटना पछि दुई वटा विचारधारा बाहिर आएको भन्दै प्रचण्डले संसदीय सुनुवाई समितिमा परेका उजुरीहरुको निष्पक्ष छानविन हुँन पाउनु पर्ने मान्यता स्थापित गरिएको उल्लेख गरे । 

‘संवैधानिक परिषदको सिफारिसलाई संसदीय सुनुवाई समितिले अनुमोदन गर्नु पर्थ्यो भन्ने धारणा पनि आएका छन् , तर त्यसले संसदको सर्वोच्चता स्थापित गर्दैनथ्यो’ अध्यक्ष प्रचण्डले बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सोमवारबाट बिरगंजमा शुरु हुँने जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको जिल्ला भेलामा सहभागि हुँन आएका प्रचण्डले सञ्चारकर्मीसँगको कुराकानीमा सर्वोच्च अदालतले केहि दिन मैं नयाँ नेतृत्व पाउँने बताए । 

‘बुधवार प्रधानमन्त्री ज्यूले संवैधानिक परिषदको बैठक बोलाउँनु भएको छ , त्यसले वरिष्ठताका आधारमा नाम सिफारिस गर्ने र संसदीय सुनुवाई समितिले अन्तिम टुंगो लगाउँने छ’ उनले भने । 

सर्वोच्चका कायम मुकायम प्रधानन्यायधिस ओम्प्रकाश मिश्रका विषयमा सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले संसदीय सुनुवाई समितिले टुंगो लगाउँने भएकाले आँफूले केहि नवोल्ने बताएका छन् । 

एक फरक प्रशंगमा अध्यक्ष प्रचण्डले जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता प्रदान गर्ने व्यवस्था मिलाउँन गृह मन्त्रालयलाई निर्देशन दिईसकिएको बताउँदै अबको केहि समय मैं जन्मसिद्ध नागरिकका छोराछोरीले नागारिकता पाउने बताएका छन् । 

यस्तै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामाका विषयमा केहि दिन भित्रै प्रवक्ता श्रेष्ठ पुर्ववत: जिम्मेवारीमा फर्कने बताए । ‘नारायणकाजी जी , पार्टीबाट असन्तुष्ट भएको भन्ने हल्ला मात्र हो , वहाँ आफ्नों जिम्मेवारीमा फर्कनु हुँन्छ’ अध्यक्ष प्रचण्डले  भने । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै