• २०८१ बैशाख १३ बिहीबार

लमजुङमा शिशु हत्या गर्ने आमा पक्राउ

kharibot

लमजुङ / नवजात शिशु हत्या गर्ने आमालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

दुधपोखरी गाउँपालिका–२ विचौरकी विष्णुमाया परियारलाई प्रहरीले पक्राउ गरेको हो । गत शुक्रबार नवजात शिशुलाई जन्माएर हत्या गरेको सूचनाका आधारमा परियारलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिए । 

परियारले छोरी जन्मिएलगत्तै प्लाष्टिकमा पोको पारेर शौचालयमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै