• २०८१ बैशाख ६ बिहीबार

जिम्बाबेमा निर्वाचनमा हिंसा गराएको आरोपमा विपक्षी २७ नेताहरु अदालतमा उपस्थित

kharibot

हरारे। जिम्बाबेको विपक्षी दलका २७ जनालाई सोमबार अदालतमा उपस्थित गराइएको छ । 

केही दिन अगाडी भएको निर्वाचनमा भएका हिंसात्मक घटनामा सम्लग्न भएको आरोपमा उनीहरूलाई अदलतमा उपस्थित गराइएको हो । 

लामो समय शासन गरेका रोवर्ट मुगावेको बहिर्गमनपछि जिम्बाबेमा पहिलो पटक भएको निर्वाचनबाट राष्ट्रपति इमर्सन मनान्गावालाई निर्वाचित भएको घोषणा गरिएको छ । 

छ जनाको मृत्यु हुनेगरी निर्वाचनका बेला भएको हिंसामा सम्लग्न भएको आरोपी मध्ये १९ जना पुरुष रहेका छन् भने ८ जना महिला रहेका छन् ।  उनीहरूलाई निर्वाचनमा धाँधली गर्ने प्रयास गरेको आरोप पनि लगाइएको छ । उनीहरु विपक्षी दल मुभमेन्ट फर डेमोक्र्याटिक चेन्ज (एमडीसी)का नेता कार्यकर्ता रहेको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै