• २०८१ बैशाख ८ शनिबार

रुपन्देही सैनामैनामा भएको दुर्घटनामा एकको मृत्यु

kharibot

बुटवल। रुपन्देही सैनामैना नगरपालिका–५ स्थित बुद्धनगरमा आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

मृत्युहुनेमा देवदह नगरपालिका–२ का ६० वर्षीय वीरबहादुर गुरुङ रहेको इलाका प्रहरी कार्यालय, सालझण्डीका प्रहरी निरीक्षक दीपेश बस्यालले जानकारी दिए । 

मोटरसाइकल र टिपर एकआपसमा जुध्दा मोटरसाइकलमा सवार मृतकका श्रीमती होलीमाया गुरुङको हात र खुट्टामा गम्भीर चोट लागकाले उनको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । 

टिपर चालक र दुवै सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै