• २०८१ बैशाख ८ शनिबार

एनआईसी एशिया बैंकको २ नयाँ शाखा धादिङ्गको गजूरी र गल्छीमा

kharibot

काठमाडौँ। एनआईसी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरु, गजूरी गाँउपालिका वडा नं. १, धादिङ्ग स्थित गजूरी शाखा गजूरी गाँउपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत र गल्छी गाँउपालिका वडा नं ७, धादिङ्ग स्थित गल्छी शाखा गल्छी गाँउपालिकाका अध्यक्ष कृष्ण हरी श्रेष्ठबाट समुद्घाटन सुसम्पन्न भएको छ ।

बैंकले हाल मुलुकभर २३४ शाखा कार्यालयहरु, २२४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ।

बैंकको वासलातको आकार रू. १७४ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १४९अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १२० अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै