• २०८१ बैशाख ८ शनिबार

स्वीजरल्याण्ड विमान दुर्घटना; बीस यात्रुको मृत्यु भएको आशङ्का

kharibot

जेनेभा, स्वीजरल्याण्ड। दोस्रो विश्वयुद्धको समयमा जर्मनीमा बनेको बीस यात्रुसहित उडेको विमान स्वीजरल्याण्डको हिमाली क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत सवैजनाको मृत्यु भएको आशङ्का गरिएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएका छन् । 

दोस्रो विश्वयुद्ध शुरु भएको बर्ष सन् १९३९ मा जर्मनीमा बनेको स्वीस वायुसेनासँग आवद्धता रहेको जेयू–एअरको ऐतिहासिक महत्वको द जङ्कर, जेयू ५२ एचबी–एचओटी विमानमा चालक दलका तीन सदस्य र १७ यात्रु लिएर पिज सेगनास हिमाल क्षेत्रमा उडिरहेका समय शनिबार दुर्घटनाग्रस्त भएको 

स्वीजरल्याण्डको एटिएस न्यूज एजेन्सीले जनाएको छ । विमान दुई हजार ५०० मिटरको उचाईमा रहेका समय दुर्घटनाग्रस्त भएको एटिएसले जनाएको छ । 
स्वीजरल्याण्डको जर्मन भाषामा प्रकाशित ब्लीक नामक पत्रिकाले विमानको क्षमता २० सीटको भएको र विमानमा यात्रारत सबैजनाको मृत्यु भएको हुनसक्ने जनाएको छ । 

विमान स्वीजरल्याण्डको दक्षिणी क्षेत्र टिसिनो विमानस्थलबाट जुरिच नजिकै रहेको ड्यूवेन्डर्फ सैनिक विमानस्थलका लागि शनिबार दिउसो उडेको ब्लीकले जनाएको छ । 

एक पत्रिकाले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भनेको छ, “विमान १८० डिग्री दक्षिणतर्फ मोडिएपछि चट्टानसरी जमिनमा खसेको थियो ।” विमानको भग्नाबशेष हिमाली क्षेत्रको एकान्त जङ्गलमा सानो क्षेत्रमा छरिएको बताउँदै विमान दुर्घटनाको कारण विष्फोटन नहुनसक्ने सङ्केत देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । 

प्रहरीले दुर्घटनामा कति जनाको मृत्यु भएको भन्नेबारे आइतबार समाचार तयार गर्दासम्म जानकारी गराएको छैन । तर खोजी र उद्धारका लागि पाँच हेलिकोप्टर पठाइएको जनाएको छ । 

विमान दुर्घटनाबारे बिस्तृत जानकारीका लागि प्रहरीले ग्रीनविच समय अनुसार दिनको १२ बजे पत्रकार सम्मेलन गर्ने बताएको छ ।  विमान दुर्घटनाबारे बिस्तृत जानकारीका लागि प्रहरीले ग्रीनविच समय अनुसार १२ बजे पत्रकार सम्मेलन गर्ने बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै