• २०८१ बैशाख ११ मंगलबार

जन्मसिद्ध नागरिकतामा समस्या छैन : प्रचण्ड

kharibot

बारा। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपाली नागरिकका सन्तानले नागरिकता नपाएकोमा  आश्चर्य व्यक्त गरे । 

बाराको भतौडामा आज आईतवार सडकको शिलान्यास कार्यक्रम पश्चात आयोजित सभालाई सम्बोधन गर्ने क्रममा आश्चर्यता व्यक्त गरेका हुन । बरेवा बोरिङ्ग–सिसहनिया–पतौरा र ड्रेन बाईपास–लहेरबा टोला लगायतका गरी ८ वटा सडकको आजै शिल्यान्यास समेत गरेका छन् । 

अध्यक्ष दाहालले नागरिकताको विषय  मुद्दा नै नभएको भन्दै ‘जन्मसिद्ध नागरिकता पाईसकेकाहरुको सन्तानले नागरिकता पाउनै पर्छ,’ उनले भने , ‘उनीहरुले नागरिकता नपाउने कुरै छैन ।’ जन्मसिद्ध नागरिकता पाईसकेकाहरुको सन्तानले नागरिकता नपाउने दुनियाँमा कही  नभएको भन्दै आश्चर्य व्यक्त गरेका थिए ।

एक साता अघि नै प्रधानमन्त्री, गृहमन्त्री र आफू स्वयम संगै बसेर गृहमन्त्रीलाई तुरुन्तै प्रक्रिया सुरु गर्न र नागरिकता बन्न नदिने अड्चनलाई फुकाउन आग्रह गरिसकेको उनले बताए ।  नागरिकता उपलब्ध गराउन गृहमन्त्रालयले प्रक्रिया अगाडि बढाई सकेको भन्दै उनले नागरिकताको समस्याको समाधान कम्युनिष्ट सरकारले गर्ने र यसमा कुनै दुविधा नरहेको बताए । 

पहिलो पटक स्थानीय तहको माध्यमले जनताको अधिकार जनताको घरदैलोमा पुगेको भन्दै प्रचण्डले ‘सिहदरबार जनताको घरघरमै पुगेको छ,’ ‘स्थानीय तहमै न्यायपालिका, व्यवस्थापिकाको भूमिका रहेको छ ।’ 

नेपालको ईतिहासमा पहिलोपटक शक्ति सम्पन्न स्थानीय सरकारको स्थापना भईसकेको भन्दै मधेश आन्दोलनको क्रममा मधेशी दलले अघि सारेको मुद्दाको मागलाई संशोधन मार्फत संविधानमा समावेस गर्न सरकार अघि बढीसकेको बताए ।  

‘संविधान संशोधनको प्रक्रिया अगाडि बढाईसकेका छौं,’ उनले भने  ‘यसमा शंका गर्ने अवस्था अब रहेन ।’ अहिलेको संविधानलाई हामीले पूर्ण संविधान मानेकै छैनौं । यो संविधान अगाडि बढेसंगै आवश्यकता अनुसार संशोधन भईरहन्छ ।

यसैगरी बाराको विश्रामपुर गाउँपालिकाको गाउँसभाबाट पारित ऐन नियम समावेश पुस्तकको प्रचण्डले आजै सार्वजनिक समेत गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै