• २०८१ बैशाख १३ बिहीबार

भेनेजुयाली राष्ट्रपतिमाथि कार्यक्रमस्थलमै ड्रोन आक्रमण, ७ जना घाइते 

kharibot

काराकास । भेनेजुयाली राष्ट्रपति निकोलास माधुरोमाथि कार्यक्रमस्थलमै ड्रोन आक्रमण भएको छ ।

शनिबार भएको आक्रमणमा उनी मुस्किलले बाँच्न सफल भएको एजेन्सीहरुले जनाएका छन् । उनी बोलिरहँदा टिभीमा लाइभ दिइरहिएको थियो । भेनेजुयाली सरकारका अनुसार राजधानी काराकासमा सयौँ सैनिकहरुसामु बोलिरहेका उनीमाथि विस्फोटक पदार्थसहितको ड्रोन आक्रमण भएको हो । 

उनलाई केही नभएको पनि बताइएको छ । यद्यपि घटनामा ७ जना घाइते भएका छन् । यो घटनाको एउटा भिडियो सार्वजनिक भएको छ, जहाँ माधुरो बोलिरहेका छन् भने केही बेरमै सबै आकाशतिर हेर्नथाल्छन्, त्यसपछि भागदौड सुरु हुन्छ । स्थानीय समयअनुसार साँझ ५ः४१ मा उक्त घटनालगत्तै केही विस्फोटका आवाज सुनिएका थिए । 

 

 

भेनेजुएलाको एनटीएन२४ टिभी च्यानलले एउटा ट्विट भिडियो पोष्ट गरेको छ जहाँ केही विस्फोटका आवाज सुनिन्छन् त्यसपछि राष्ट्रपति र उनको पत्नी सिलिया फ्लोरेसलाई बुलेटप्रुफ  शिल्डले छेकिएको देख्न सकिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै