• २०८१ बैशाख ४ मंगलबार

चोरी गरी फरार भएका अभियुक्त २९ वर्षपछि पक्राउ

kharibot

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको फरार रहेका अपराधीलाई पक्राउ गर्ने अभियानअन्तर्गत २९ वर्षपछि एकजना चोरीका अभियुक्तलाई पक्राउ गरेको छ ।

कास्की जिल्ला अदातलको २०४५ जेठ १९ गतेको पैmसलाअनुसार एक वर्ष दुई महिना १५ दिन कैद तोकिएका पोखरा लेखनाथ महानगरपालिका वडा नंं ५ का राजेन्द्र भट्टराईलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार सार्वजनिक अपराधमा संलग्न भई लुकीछिपी बसेका पोखरा लेखनाथ महानगरपालिका वडा नं १२ लालीगुराँस टोल बस्ने ललित गुरुङ, लागुऔषध मुद्दाअन्तर्गत तीन महिला छ दिन कैद र पाँच हजार जरिवाना तोकिएका पोखरा–६ का विवेक तामाङ र चोरी मुद्दामा दुई दिन कैद र रु २० हजार ७५ बियो तोकिएका पोखरा–९ अभियुक्त शुभम गुरुङलाई पनि पक्राउ गरिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै