• २०८१ बैशाख ८ शनिबार

रोनाल्डो बिना रियल म्याड्रिडको पहिलो जित, युभेन्टस ३-१ ले पराजित 

kharibot

काठमाडौँ।  स्पेनिस क्लब रियल म्याड्रिडले इन्टरनेशनल च्याम्पियन्स कपमा  गरेको छ।  रियलले क्रिस्टियानो रोनाल्डोले क्लब छोडेपछि खेलेको खेलमा पहिलो जित हासिल गरेको हो।

रियल म्याड्रिडले रोनाल्डोकै नयाँ क्लब युभेन्टसलाई ३-१ गोल अन्तरले पराजित गरेको छ। रियलको जितमा मार्को एसेन्सियोले २ गोल गरे भने ग्यारेथ बेलले एक गोल गरेका थिए। युभेन्टसका लागि एक गोल रियलकै डानी कार्भाजोलले आत्मघाती गोल गरेका थिए।  

इन्टरनेशनल च्याम्पियन्स कपको पहिलो खेलमा रियल म्यानचेस्टर युनाइटेडसँग पराजित भएको थियो।

कार्भाजोलको आत्मघाती गोलबाट खेलको १२औ मिनेटमा युभेन्टसले अग्रता लिएको भए पनि रियलले खेलमा कम्ब्याक गरेको थियो। रियलका लागि ग्यारेथ बेलले खेलको ३९औ मिनेटमा गोल फर्काएका थिए।  

पहिलो हाफमा १-१ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा एसन्सियोले रियलका लागि ४७औ मिनेट र ५६औ मिनेटमा गोल गर्दै ३-१ को सजिलो जित हासिल गरेको थियो।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै