• २०८१ बैशाख ७ शुक्रबार

खोटाङमा अवरुद्ध मोबाइल सेवा डेढ वर्षपछि शुरु

kharibot

खोटाङ। जिल्लाको उत्तरी क्षेत्रमा डेढ वर्षदेखि अवरुद्ध मोबाइल सेवा पुनः शुरु भएको छ । 

रिपिटर टावरमा आएको खराबीका कारण २०७३ असोजदेखि अवरुद्ध मोबाइल सेवा मर्मतपछि आजबाट शुरु भएको हो । 

केपिलासगढी गाउँपालिका–१ फेदीमा रहेको रिपिटर टावर मर्मतपछि अवरुद्ध मोबाइल सेवा सञ्चालन गरिएको नेपाल टेलिकमले जनाएको छ । अवरुद्ध मोबाइल सेवा डेढ वर्षपछि सञ्चालन भएपछि सेवाग्राहीलाई सहज भएको छ । 

मोबाइल सेवा शुरु भएपछि केपिलासगढी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खार्मी र जालपा, रावाबेँसी गाउँपालिकाको हौंचुर र कुभिण्डे तथा छिमेकी जिल्ला भोजपुरलगायत डेढ दर्जनभन्दा बढी गाउँका स्थानीय बासिन्दालाई सहज भएको छ । 

लामो समयसम्म मोबाइल सेवा अवरुद्ध हुँदा जिल्लाका उत्तरी क्षेत्रका सेवाग्राही तीन÷चार घण्टा पैदल यात्रा गरेर टावर टिप्ने ठाउँमा पुगी आफन्तलाई सम्पर्क गर्न बाध्य बनेका थिए । 

टेलिकमले रु साढे चार करोडको लगानीमा चार वर्षअघि ९०० मेगाहर्जको एसडिआर जिएसएम मोबाइल बिटिएस जडान गरिएको थियो । 

टावर सञ्चालनका लागि स्थानीय जलविद्युत् आयोजनाबाट विद्युत् उपलब्ध गराइएको छ भने विकल्पमा टेलिकमले सोलार प्यानलसमेत जडान गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै