• २०८१ बैशाख ५ बुधबार

नारायणगढ–मुग्लिन सडक पहिरोका कारण पुन अवरुद्ध

kharibot

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलवीरेमा पहिरो जाँदा पुनः सवारी साधन आवागमन अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छा कामना गाउँपालिका–६ जलवीरेमा दिउँसो २ः ५५ बजे पहिरो गएपछि सवारी आवागमन अवरुद्ध भएको हो । 

आज बिहान भरतपुर महानगरपालिका–२९ घुमाउनेमा खसेको पहिरो २ः४५ बजे पन्छाएर सडक सञ्चालन गरिएको थियो । जलवीरेमा खसेको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण सवारी साधन रोकिएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै