• २०८१ बैशाख ११ मंगलबार

कप्तान पारस खड्का अर्धशतक बनाएर आउट 

kharibot

काठमाडौँ।  कप्तान पारस खड्काले अर्धशतक हानेका छन्।  

नेदरल्यान्ड्सविरुद्धको खेलमा कप्तान पारसले ६५ बलमा अर्धशतक हानेका हुन्।  

पारसले आफ्नो अर्धशतकीय पारीमा २ छक्का र ६ चौका हानेका छन्। पारस ५१ रन बनाएर आउट भएका छन्।  

उनले खेलेको दोस्रो एकदिवसीय खेलमा अर्धशतक हानेका छन्।  यस अघि खेलेको पहिलो एकदिवसीय खेलमा खड्काले १२ रन बनाएका थिए।

कप्तान खड्का नेपालका लागि एकदिवसीय खेलमा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन्।  यस अघि पहिलो एकदिवसीय खेलमा उपकप्तान ज्ञान्नेद्र मल्लले अर्धशतक हानेर नेपालका लागि पहिल अर्धशतक हान्ने खेलाडी बनेका थिए। 

नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै ३० ओभरमा ६ विकेट गुमाएको छ भने १३३ रन बनाएको छ।  कप्तान पारस र आरिफले ४७ रनको साझेदारी गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै