• २०८१ बैशाख १२ बुधबार

विराट कोहलीले हाने टेस्ट क्रिकेटमा २२औ शतक 

kharibot

काठमाडौँ। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टेस्ट क्रिकेटमा आफ्नो २२औ शतक हानेका छन्।  

हाल जारी इङल्याण्डविरुद्ध टेस्ट पारीमा विराटले शतकीय पारी खेल्दै भारतलाई राम्रो स्थितिमा पुर्याएका हुन्।  एक समय सय रनमा ५ विकेट गएको स्थिति बाट विराटले भारतीय पारीलाई सम्हाल्दै १४९  थिए।  पहिलो पारिमा भारत २७४ रनमा अलआउट भएको छ।

विराटले आफ्नो पारीमा २२५ बलको सामना गर्दै १४९ रन बनाएका थिए।  जसमा २२ चौका र एक छक्का सामेल रहेको छ। विराटको इङल्याण्डविरुद्ध यो चौथो टेस्ट शतक हो। 

विराटले अहिलेसम्म ६७ टेस्ट क्रिकेटमा २२ शतक र १६ अर्धशतक सहित ५७०३ रन बनाएका छन् ।

भारतीय पारीमा अन्य ब्याट्सम्यानले भने राम्रो योगदान गर्न सकेनन्।  शिखर धवनले २६, मुरली विजयले २० तथा हार्दिक पाण्डेयले २२ रनको योगदान गरेका थिए।  

इङल्याण्डका बलर साम कुरानले ४ विकेट लिए भने बेन स्ट्रोक, अदिल रशिद र जेम्स एन्डरसनले २-२ विकेट लिए। 

योसँगै पहिलो पारीमा इङल्याण्डले १३ रनको बढ्त हासिल गरेको छ भने उसले आफ्नो दोस्रो पारीमा ९ रन बनाएर एक विकेट गुमाउदा दोस्रो दिनको खेल सकिएको छ। दोस्रो दिनको खेल सकिदा इङल्याण्डले कुल २२ रनको बढ्त हासिल गरेको छ। 

यसअघि भारतले पहिलो टेस्टको पहिलो पारीमा इङल्याण्डलाई २८७ रनमा अलआउट गरेको थियो । 

इङल्याण्डले पहिल दिन २८५ रन बनाउदै  विकेट गुमाएकोमा खेलको दोस्रो दिन केबल २ रन मात्र थपेर आफ्नो अन्तिम विकेट गुमाएको थियो। 

इङल्याण्डका लागि कप्तान जोय रुटले सर्वाधिक ८० रन बनाएका छन् भने जोनी बैरस्ट्रवले ७० रन बनाएका छन्। त्यति किटंग जेनिङ्गले ४२, साम कुरानले २४ रनको योगदान गरेका थिए । 

भारतीय बलर रविचन्द्रन आश्विनले ४ विकेटल इए भने मोहमद सामीले ३ तथा उमेश यादव र इशान्त शर्माले एक एक विकेट लिएका थिए ।  ५ टेस्ट खेलको यो सिरिजको यो पहिलो खेल हो। 
   
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै