• २०८१ बैशाख ५ बुधबार

किम जोङ उनले ट्रम्पलाई पत्र लेखे

kharibot

वासिङटन।  अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियाली नेता किम जोङ उनले बुधबार नयाँ पत्र लेखेको जनाएको छ । 

ट्रम्पले बिहीबार ट्वीट गर्दै किमलाई धन्यवाद दिएका छन् । “शिष्ट पत्रका लागि धेरै धन्यवाद । आशा छ हाम्रो भेट चाँडै हुनेछ,” राष्ट्रपति ट्रम्पले भने । 

ह्वाइट हाउसकी प्रवक्ता सराहा स्यान्डर्सले “सिंगापुर शिखर बैठकको फलोअप गर्न” र त्यस बैठकमा जारी संयुक्त वक्तव्यमा व्यक्त प्रतिबद्धता अनुरुप अघि बढ्ने उपायका बारेमा पत्राचार केन्द्रित रहेको बताए । 

ह्वाइट हाउसले ट्रम्प र किमबीच तत्कालै भेटघाट हुने बारे केही खुलाएको छैन । 

उपराष्ट्रपति माइक पेन्स र अमेरिकी सैनिक नेतृत्वले हवाईमा बुधबार मात्र सन् १९५० को दशकमा भएको कोरियाली युद्धमा हराएका अमेरिकी सैनिकका अवशेष बुझेका थिए । 

उत्तर कोरियाले लामो दूरीसम्म मार हान्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम पुनः शुरु गरेको र आणविक निरस्त्रीकरण कार्यक्रमप्रति चासो व्यक्त भइरहेको अवस्थामा नयाँ चिठी वासिङटन पुगेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै