• २०८१ बैशाख ८ शनिबार

 गत आर्थिक बर्षमा मुक्तिनाथ विकास बैंकको सञ्चालन मुनाफा १ अर्ब २ करोड

kharibot

काठमाडौँ। मुक्तिनाथ विकास बैंक लिमिटेडले आ.व.०७४-०७५ मा सञ्चालन मुनाफा १ अर्ब २ करोड रहेको बैंकले जनाएको छ।  बैंकले आ.व.०७४-०७५ सम्ममा रु.३० अर्ब ३५ करोड निक्षेप संकलन र  रु.२५ अर्ब २६ करोड कर्जा लगानी गरी सञ्चालन मुनाफा रु.१ अर्ब २ करोड गरेको छ । 

विकास बैंकको माझमा यस विकास बैंकले उत्साहजनक बृद्धि र उत्कृष्ठ प्रतिफल रहेको जनाएको छ । बैंकले निक्षेप तर्फ गत आर्थिक वर्षको तुलनामा ८१ प्रतिशत र कर्जा प्रवाहमा ६५ प्रतिशतले बृद्धि गरी सञ्चालन मुनाफा ३३ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । 

बैंकको निष्कृय कर्जा अनुपात गत वर्ष भन्दा अझै कम गर्दै ०.००४४ प्रतिशत कायम गर्न सफल रहेको छ । बैंकको प्रति सेयर आम्दानी रु २२.२२ रुपैया रहेको छ । बैंकले आफूलाई विकास बैंकको माझमा नियमित कारोबारबाट नै संभावित नोक्सानी ब्यवस्था अगाडीको  सञ्चालन मुनाफा रु १ अर्ब भन्दा बढी गरी निक्षेप र कर्जा तर्फ पनि अग्रणी विकास बैंकको रुपमा आफूलाई स्थापित गरेको छ । 

गत वर्षहरुको उपलब्धिलाई निरन्तरता दिंदै आगामी वर्षहरुमा थप सेवा सुविधा बृद्धि गर्दै लैजाने बैंकले लक्ष्य लिएको जनाउदै बैंकले ९५ शाखा कार्यालयबाट आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ्ग र साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको समेत बैंकले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै