• २०८१ बैशाख ४ मंगलबार

अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ गठन

kharibot

तस्बीर :राजिव श्रेष्ठ

वाशिंगटन। पत्रकार पेशामा लामो समयदेखि काम गरिरहेका  र हालसम्म पनि पेशालाई निरन्तरता दिदै अमेरिकामा रहेका पत्रकारहरूले डिसी महानगर क्षेत्रवाट अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ गठन गरेको घोषणा गरेका छन । 

संघीय अवधारणाको मूल उद्देस्य लिएर उक्त संस्था जाने भएको जानकारी दिइएको छ । पत्रकार भेटघाट कार्यक्रम मार्फत पत्रकार गुणराज लुईटेलको अध्यक्षतामा समिती गठन गरेको जनाउदै विदेशी पत्रकारहरुलाई समेत समेट्दै सल्लाहकारमा  नियुक्ति गरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ बिधिवत रुपमा दर्ता भएको छ भने  गैर नाफामूलक यो सस्था अमेरिकाको संघीय तथा राज्य सरकारमा दर्ता भएको जनाईएको छ ।

बिश्व भरी छरिएका नेपाली भाषी पत्रकार, सन्चारकर्मीहरु तथा पत्रकारहरुका छाता सङ्गठनहरुलाई एक सुत्रमा बाधी उनीहरुको क्षमता अभिबृदी गर्ने, त्यस मूलुकको मूल सन्चार क्षेत्रमा आबद्ध गराई व्यवसायिक पत्रकारिताका लागी पहल र सहयोग प्रदान गर्ने जस्ता उद्देश्य लिएको पत्रकार भेटघाटमा जानकारी दिएका छन ।
 
कुनै संस्था फुटेर नयाँ सस्था स्थापना गरीएको नभएर बिशुद्द रुपमा नेपाली पत्रकारिता जगतलाई ब्यबसायिकरुपले उनीहरुको क्षमता, स्तर र अनुभवलाई अन्तर्राष्ट्रियकरण गर्दै नेपाल र नेपालीहरुको हितमा काम गर्नका लागी नै स्थापना गरीएको सस्थाका एक पहलकर्ता सुनिल मणी दाहालले जानकारी गराए ।

अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघले बुधवार अगस्ट १ तारिख अमेरिकाको भर्जिनिया राज्यस्थित फेयरफ्याक्समा पत्रकार सम्मेलन गरी सस्थाको बारेमा बिस्तृत जानकारी गराएका छ्न ।

पत्रकार सम्मेलनमा अध्यक्ष गुणराज लुइँटेल सर्बसम्मतिबाट चयन भएका छन् । बोर्ड अफ ट्रस्टीमा राम चन्द्र खरेलको सभापतित्वमा वरिष्ठ पत्रकार योगेश उपाध्याय समेत रहेका छन् । उप सभापतिहरुमा सुनिलमणि दाहाल-अमेरिका ,बिष्णु शितल-अमेरिका, टंक पन्त-एसिया ,मन ऋषि धिताल-अस्ट्रेलिया, अनुराधा पौडेल-युरोप तथा डा किस्मत भण्डारी-क्यानडा रहेका छन् ।  यसै गरि महासचिवमा अमेरिकाका शिव बिष्ट, सचिवमा शारदा सिलवाल तथा कोषाध्यक्षमा बाल्टिमोरका सृजन ताम्राकार चयन भएका छन् । 

यसै गरि संचार निर्देशकमा विजय थापा ,संगठन निर्देशकमा किशोर सापकोटा, नीति निर्देशकमा बिष्णु शर्मा तथा प्रविधि निर्देशकमा केशर कार्की मनोनित भएका छन ।

यसै गरि समिति सदस्यहरुमा अमेरिकाबाट भुपेन्द्र थापा, बिश्वराज थापा, दोव ढकाल, अंकुश नेपाल, तारा भट्टराई, पुनम पौडेल रहेका छन् भने दुवईबाट सुबाश शर्मा ,नेपालबाट कृष्ण ढुंगाना तथा ओमानबाट बिनेश खनाल रहेका छन् । 

यसै गरि साउदी अरबबाट तेज बहादुर थापा, अमेरिकाबाट सर्बज्ञ वाग्ले ,स्विटजर्ल्याण्डबाट विजय शर्मा दर्पण, अमेरिकाबाट राजिव श्रेष्ठ, सरोज केसी ,श्रीजना उप्रेती ,उमेश शर्मा ,पूर्ण बराईली तथा सुनिल हुमागाई रहेका छन् । 

यसै गरि सल्लाहकारहरुमा हरि अधिकारी ,शेखर ढुंगेल ,जर्ज मेसन बिश्व बिद्यालयका प्रा क्रिस्टोफर जे फरेल ,सहायक प्रा जेफ साउथ ,एसपीजेका रबिन सिडरस्कि ,नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल तथा पत्रकार प्रा घमराज लुइँटेल रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै