• २०८१ बैशाख ८ शनिबार

बैंक तथा फाईनान्सलाई राष्ट्र बैंकको निक्षेपको अफर 

kharibot

काठमाडौं। नेपाल राष्ट्र बैंकले बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुलाई संस्थागत निक्षेप राख्न अफर गरेको छ । राष्ट्र बैंकले एक बर्षिय मुुद्धती निक्षेपकोरुपमा २०७५ भदौ एक गते देखि २०७६ साउन ३२ गतेसम्मको लागि २२ करोड १५ लाख रुपैयाँ राख्नको लागि अफर गरेको छ । 

सो मध्ये २८ वटा बाँणिज्य बैकहरको लागि १७ करोड ७३ लाख, ३४ वटा बिकास बैकरुको लागि तीन करोड ३१ लाख र २५ वटा फाईनान्स कम्पनीहरुको लागि एक करोड ११ लाख रुपैयाँ छुुट्याईएको छ । राष्ट्र बैंकका अनुसार निक्षेप राख्न चाहने बैंक तथा फाईनान्स कम्पनीहरुले आगामी सोमबार अर्थात यही साउन २१ गतेसम्म राष्ट्र बैंकमा आवेदन दिनुु पर्ने छ । 

आवेदन दिने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको हुनुुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको हुुनुुपर्ने, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुुनुुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको, कर्जा÷स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको, निकटतम अघिल्लो आ.व.मा सञ्चालन मुनाफा (ब्यवस्था पछिको) मा रहेको, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, लगानी गरिने संस्थाकोे कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरीवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको हुुनुुपर्ने लगायतका प्रावधानहरु तोकिएकाछन । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै