• २०८१ बैशाख ८ शनिबार

कक्षा १२ को नतिजा आज सार्वजनिक हुदै 

kharibot

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्या आएको भन्दै कक्षा १२ को नतिजा आज मात्रै सार्वजनकि गर्ने तयारि गरेको छ । मंगलबार नतिजा प्रकाशनको लागि सबै काम सकिएको जनाउँदै बुधबार नतिजा सार्वजनिक गरिने बताइएको थियो । तर प्राविधिक समस्याले नतिजा आज प्रकाशित गर्ने बोर्डले जनाएको छ।  

यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएकोमा यसवर्ष सबै समूहको नतिजा एकैपटक सार्वजनिक गर्न लागेको हो। कक्षा १२ को नतिजा एकै पटक प्रकाशित गर्न लागेको यो पहिलो पटक हो । यसपटक बोर्डले नियमितको अक्षरांकमा र आशिंकको नम्बर नतिजा प्रकाशित गर्दै छ ।

कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि शुरु भई बैशाख २७ गते सम्पन्न भएको थियो।  परीक्षामा देशभरका तीन हजार ९१२ विद्यालयका दुई लाख आठ हजार २७६ छात्र र दुई लाख छ हजार ९७५ छात्रा गरी कूल चारलाख १५ हजार २५२ परीक्षार्थी सहभागी भएका थिए । परीक्षामा सबभन्दा बढी काठमाडौँमा ६१ हजार ९२६ तथा सबैभन्दा कम मनाङमा ८८ जना परीक्षार्थी सहभागी भएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै