• २०८१ बैशाख ११ मंगलबार

मेडिसिटी अस्पतालमा तीन दिने ब्रेष्ट तथा एसोफेगस सम्मेलन सम्पन्न  

kharibot

ललितपुर। ललितपुरमा अवस्थित नेपाल मेडिसिटी अस्पतालमा सोमबारबाट शुरु भएको  ब्रेष्ट तथा एसोफेगस सम्मेलन बुधबार सम्पन्न भएको छ । 

“उपचार, पुनर्स्थान र भविष्यका आधारहरु” मूल नारा सहित आयोजना भएको सम्मेलनमा २०० भन्दा बढि क्यान्सर विशेषज्ञ तथा रेडियोलोजिष्टहरुको सहभागिता रहेको थियो । 

नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेपालबाट विदेशमा गएर केहि चिकित्सकले ज्ञान हासिल गर्नु र विदेशका चिकित्सक नेपाल आएर ज्ञान– अनुभव साटासाट गर्नुमा निकै ठुलो फरक पर्ने भएका कारण यस किसिमका सम्मेलनको महत्व अत्याधिक मात्रामा रहेको प्रष्ट पारे । सञ्चारकर्मी माझ प्रतिक्रिया दिदै डा. महतोले स्तन क्यान्सरको न्युनिकरण र विश्वस्तरिय उपचारका लागि अस्पताल सक्षम रहेकोमा समेत जोड दिए । 

त्यस्तै, अस्पतालका महापबन्धक विजय रिमालले यस सम्मेलनले केवल नेपाल मेडिसिटीका चिकित्सकलाई मात्र नभई मुलुकभरका क्यान्सर रोग विशेषज्ञहरुलाई समेटेको बताए ।  रिमालले क्यान्सर रोगको जनचेतना र उपचारलाई दुर–दराजमा पुर्याउने उद्धेश्य प्राप्तिका लागि यो एक हातोमालो हुने विश्वास व्यक्त गरे । 

अमेरिका स्थित विश्वप्रशिद्ध येल न्यु हेभन हस्पिटल र नेपाल मेडिसिटी अस्पतालले स्तन र खाना नलीको क्यान्सर रोग सम्बन्धमा विश्वस्तरीय सम्मेलनको आयोजना गरिरहँदा क्यान्सर रोग विशेषज्ञ, शल्यचिकित्सक, फिजिसियन, रेडियोलोजिष्टहरुले धेरै ज्ञान तथा अनुभवको साटासाट गर्ने अवसर पाएको बताएका छन् ।  

अमेरिकाबाट डा. डिकरम्यान होलिस्टरको नेतृत्वमा ग्रीनविच र एल न्यु हेभेन अस्पतालका डा.बार्बरा वार्ड, डा. बेरी बौइड्, डा. अस्वथा नारायण, डा. पउल वेटर्स, र डा. एल्सा रास्किन जस्ता विशेषज्ञ टोलीहरुको सम्मेलनमा सहभागिता रहेको थियो ।

सम्मेलन अवधिमा स्तन क्यान्सर र खानेनलीको क्यान्सरका जटिल शल्यक्रियाको नेपाल मेडिसिटी अस्पतालको अपरेशन थिएटर देखि सम्मेलन
स्थलमा प्रत्यक्ष प्रशारण गरिएको थियो जसका माध्ययमबाट न्यु योर्क र नेपालमा हुने शल्यक्रियाका समानता र भिन्नता एवं प्रविधिको विषयमा बृहद् अन्र्तक्रिया समेत गरिएको थियो । सम्मेलनमा सर्जिकल, मेडिकल, रेडिएसन क्यान्सर विशेषज्ञ र क्यान्सर संग सम्बन्धित अन्य सबै विशेषज्ञ र सरोकारवालाको सहभागिता रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै