• २०८१ बैशाख १२ बुधबार

फोल्ड गर्न मिल्ने स्मार्टफोन कसको पहिला ? सामसुङलाई उछिन्ने दाउमा हुवावे !

kharibot

तस्बिर : Gadgetsintro/Google

एक रिपोर्टका अनुसार स्मार्टफोन निर्माता कम्पनीहरुबीच फोल्ड गर्न मिल्ने स्मार्टफोन ल्याउन प्रतिस्पर्धा हुने भएको छ । सामसुङले यस्तो फोन ल्याउने तयारी गरिरहेका बेला चिनियाँ स्मार्टफोन निर्माता हुवावेले त्यसअघि नै फोल्ड गर्न मिल्ने स्मार्टफोन ल्याउने तयारी गरेको सूचना बाहिरिएको हो । 

सामसुङले नभाँच्चिने र सहजै उपयोग गर्न मिल्ने फोन स्क्रिनले मान्यता पाएको भनिरहँदा चिनियाँ आपूर्तिकर्ता बीओईबाट यस्तै सहज ओलेड प्यानलहरु प्रयोग गरेर हुवावेले फोल्ड गर्न मिल्ने स्मार्टफोन द्रुत रुपमा बनाउने भएको हो । हुवावेले अर्को वर्ष अर्थात् २०१९ मै यस्तो फोन ल्याउनेछ । 

बीओई इलेक्ट्रोनिक्स सामानहरु आपूर्ति गर्ने कम्पनी हो । पछिल्लो समय यसले बनाएका डिस्प्लेहरुमा उच्च गुणस्तरीय सुधारहरु भएकाले व्यवसाय फष्टाएको छ । यसले एप्पलका आईफोन एलसीडी व्यवसायको जिम्मेवारी पाइसकेको छ भने अब यसले नै हुवावेका लागि समेत जिम्मेवारी लिने बताइएको हो । यसले ओलेड स्क्रिन त्यसमा पनि फोल्ड गर्न मिल्ने बनाउनलागेको हो । यसबारे एउटा भिडियो पनि सार्वजनिक भएको छ । 

हुवावेले २०१४ मा आईफोनलाई उछिन्दै क्रिष्टल डिस्प्ले आफ्ना केही सीमित फोनमा प्रयोग गरेको थियो । तर उक्त डिस्प्ले अहिले प्रयोग भने गरेको छैन । त्यसको अर्को वर्षमात्रै हुवावेले पुनः एप्पललाई उछिन्दै नयाँ फोनहरुमा हेडलाइन बनाउने खालका फिचरहरु आफ्ना फोनमा राख्न सफल भएको थियो । उसले फोर्स टचजस्ता कुराहरु राखेको थियो । 

फोल्ड गर्न मिल्ने स्मार्टफोनलाई लिएर उत्तिकै शंका समेत नगरिएको होइन । खासगरी यस्ता फोन बाक्ला हुने, ब्याट्रीका लागि थोरै स्पेस हुने र ठूलो स्क्रिनका कारण धेरै शक्ति चाहिने जस्ता कठिनाइहरु सिर्जना हुनेछन् । तर जे भए पनि नयाँ प्रकृतिका प्रविधिमा भइरहेको होडबाजीले ग्राहकलाई भने जिज्ञासु बनाइदिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै