• २०८१ बैशाख १२ बुधबार

वैदेशिक रोजगारलाई सुधार गर्ने : मन्त्री गोकर्ण विष्ट

kharibot

फाइल तस्विर । 

विराटनगर / श्रममन्त्री गोकर्ण विष्टले विदेशमा नेपाली युवा श्रमिकले गर्ने सुरक्षित व्यवस्थित गर्न केही समयका लागि मेलेसियामा रोजगारीका लागि जान रोक लगाइएको बताएका छन । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतमा नेपालवाट कामदार पठाउदा भएको विसंगति र विकृति सुधार गर्न मलेसिया सरकारले सुझाव दिएकाले अब दुई देशबीच सहमति भएपछि मात्र नेपाली श्रमिकलाई रोजगारका लागि पठाइने बनाए । 

मन्त्री विष्टले दशकौंदेखि वैदेशिक रोजगारमा देखिएका समस्या समाधान गर्न केही समय लाग्ने बताउँदै वर्तमान सरकारले विदेशमा काम गर्ने नेपाली युवा नठगिउन भन्ने उद्देश्यले कार्य गरिरहेको प्रष्ट पारे । 

उनले वैदेशिक रोजगारमा देखिएका विभिन्न समस्या समाधान गर्न सरकार कटिबद्ध रहेको बताउँदै शिक्षा, रोजगार, स्वास्थ्य आवासजस्ता जनताको मौलिक अधिकार संरक्षणका लागि सरकारले कानून निर्माण गर्ने छ भने । 

मन्त्री विष्टले वर्तमान अवस्थामा विश्वका १७१ राष्ट्रमा नेपाली युवा कामका लागि जाने गरेको बताउँदै ती राष्ट्रमा श्रमिकको हकअधिकार व्यवस्थित, सुरक्षित र बनाउन सरकारले पहल गर्नेे बताए  । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै