• २०८१ बैशाख ११ मंगलबार

संयुक्त खेल अभ्यासका लागि उत्तर कोरियाली समूह दक्षिण कोरियामा

kharibot

इन्चिअन, दक्षिण कोरिया।  उत्तर कोरियाका खेलाडीहरू संयुक्त अभ्यासका लागि आइतबार दक्षिण कोरिया आइपुगेका छन् । 

इन्डोनेसियाको राजधानी जाकार्ता र पालेमवाङमा यही अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म हुने एसियाली खेलकूद प्रतियोगितामा संयुक्त टोली पठाउने निर्णय अनुसार खेलाडीहरू संयुक्त अभ्यासका लागि आइतबार दक्षिण कोरिया आइपुगेका छन् । 

खेल अभ्यासका लागि बनेको ३४ खेलाडी र सम्बन्धित खेलका प्रशिक्षकहरूको एक प्रतिनिधिमण्डल चीनको बेइजिङ हुँदै दक्षिण कोरियाको इन्चिअन विमानस्थलमा पुगेको हो । 

दुई कोरियाले ड्रयागन डुङ्गा प्रतिस्पर्धा, महिला बास्केटबल र डुङ्गा खियाउने तीन खेलमा संयुक्त टोली पठाउने निर्णय यस बर्ष गरेको हो । दुई मुलुकले गृष्मकालीन तथा शीतकालीन कुनै पनि एशियाली खेलमा कहिल्यै संयुक्त समूह पठाएका थिएनन् । 

उत्तर कोरियाको प्रतिनिधिमण्डलमा १८ जना क्यानोइष्ट, आठ रोअर तथा चार महिला बास्केटबल खेलाडी छन् भने चारजना सहयोगी कर्मचारी रहेका छन् । 

अत्यन्त्यै कडा सुरक्षा घेराबीच उत्तर कोरियाली खेलाडीले सञ्चारकर्मीसँग पनि कुनै प्रतिक्रिया नदिइकन विमानस्थलबाट बाहिरिएका थिए । 

संयुक्त खेल अभ्यासका लागि दक्षिण कोरिया आइपुग्दा कस्तो अनुभूति भएको छ भन्ने प्रश्नमा उत्तर कोरियाली ओलम्पिक समितिका महासचिव हान हो–चोलले सिधा उत्तर दिनुभयोे, “तपाईहरू सबैलाई देख्दा राम्रो लागेको छ ।” 

विमानस्थलमा उत्रँदा उत्तर कोरियाली खेलाडी तथा प्रशिक्षक सबैजनाको नीलो पहिरन रहेको थियो । पुरुष खेलाडीले नीलो आकाशे रङको शर्ट र गाढा नीलो पाइन्ट र गुलावी टाई लगाएका थिए भने महिला खोलाडी नीलो ‘वन पिस’ पहिरनमा थिए । 

उनीहरू विमानस्थलबाट चुङ्जु शहरतर्फ बसमा चढेर गएका थिए । त्यहाँ उनीहरूलाई आगामी केही हप्ता प्रशिक्षण दिइने छ । चोङ्जु दक्षिण कोरियाको राजधानी सोलबाट १५० किलोमिटर टाढा रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै