• २०८१ बैशाख १३ बिहीबार

कैलाली बहुमुखी क्याम्पस परिसरमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर 

kharibot

कैलाली।  कैलाली जिल्लाको कैलाली बहुमुखी क्याम्पसमा कृषि विकास बैंक लि.को एक्सटेन्सन काउन्टरको शुभारम्भ  गरिएको छ। 

कृषि विकास बैंक लिका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले एक्सटेन्सन काउन्टरको औपचारिक उदघाटन गरेका छन् । कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय, धनगढीका निर्देशक हरिश्चन्द्र यादवको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा स्वागत मन्तव्य कृषि विकास बैंक लि बैकिङ्ग कार्यालय क्याम्पसरोड प्रबन्धक जगदीश पन्तले गरेका थिए । 

क्याम्पसमा अध्ययनरत विद्यार्थी, सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उदघाटन समारोहमा विद्यार्थी यूनियनका प्रतिनिधिहरु, कृष्ण बहादुर रोका, धर्मराज उपाध्याय, कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डिल्लीराज फुलाराले बैंकले उपलव्ध गराउने सेवाहरुले यस क्याम्पसमा अध्ययनरत विद्यार्थी लगायत धनगढी बासीहरुको मन छुन सकोस र गरिव भन्दा गरिब किसानको जिवनस्तर उकास्नमा मद्दत पुगोस भन्दै बैंकको उच्च प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

 प्रमुख कार्यकारी अधिकृत सिटौलाले कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको प्रोडक्टको बारेमा जानकारी गराउंदै कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुलाई एटिएम,एसएमएस,मोवाईल बैंकिङ्ग सुविधा निशुल्क प्रदान गर्न निर्देशन दिनुका साथै स्थानीय जनता र क्याम्पसको निरन्तर सहयोग भएमा बैंकले आफ्ना सेवाहरुमा गुणस्तरीयता बृद्धि गर्दै लग्ने  विषयमा प्रकाश पारेका थिए । 

त्यस्तै गरी बैंकका का.मु.उप–महाप्रबन्धक प्रताप सुवेदीले देशका यूवाशक्तिलाई कृषि विकास बैंक प्रति आकर्षण गर्ने गरी आफना सेवाहरुमा सुधार गर्दे आएको र भविष्यमा पनि अझ बढी आधुनिक गुणस्तरीय सेवा उपलव्ध गराउने भनि प्रकाश पारेका थिए । 

कृषि तथा लघुउद्यम विभागका विभागीय प्रमुख ध्रुवचन्द्र गौतमले समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई शार्थक बनाउने कार्यमा बैकिङ्ग क्षेत्रको महत्वपूर्ण भूमिका रहने र यस एक्सटेन्सन काउन्टरले देशको आर्थिक विकासमा टेवा पु–याउन तथा उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्नुका साथै बैंकले सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा कार्य गरेको विषयमा प्रकाश पारे भने कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय धनगढीका निर्देशक हरिश्चन्द्र यादवले बैंकले अबका दिनमा कम्यापसमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा प्रकाश पारेका थिए । 

सो उदघाटन कार्यक्रममा कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय धनगढीमा  कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको सो कार्यक्रमको संचालन कृषि विकास बैंक लि.क्षेत्रिय कार्यालय धनगढीका शाखा प्रमुख प्रदिप राज जोशीले गरेका थिए ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै