• २०८१ बैशाख १३ बिहीबार

पशुपतिमा बोल बम यात्रीसहित भक्तजनको भीड

kharibot

काठमाडौँ / साउन महिनाको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा बोल बम यात्रीसहित भक्तजनको भीड लागेको छ । 

पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । उमाकुण्ड, जयवागेश्वरी र पिंगलास्थानबाट लाम लागेर पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शनका लागि जान सकिने व्यवस्था गरिएको छ । 

लाम व्यवस्थित गरिएकाले आधा घण्टामा दर्शन गरेर फर्कन सकिन्छ । विशेष पूजा गर्ने र सुन्दरीजललगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने बोल बम यात्रीलाई छुट्टै लामको व्यवस्था गरिएको छ । लाममा दर्शन गर्ने भक्तजन जुन ढोकाबाट छिरेको हो त्यसैबाट निस्कने व्यवस्था मिलाइएको छ । 

चन्द्रमासअनुसार श्रावण मास लागेपछिको पहिलो सोमबार भएकाले बोल बम यात्री एवं भक्तजनको बिहानैदेखि भीड लागेको छ । मध्याह्न १२.१५ बजेसम्म दुई लाख बढी भक्तजनले मूल मन्दिरभित्रै छिरेर पूजा एवं दर्शन गरेको कोषले जनाएको छ । साउनको सोमबार भगवान् शिवलाई जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । 
––– 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै