• २०८१ बैशाख ७ शुक्रबार

त्रिभुवन विश्वविद्यालयमा आर्थिक पारदर्शिता कायम राख्न सफ्टवेयर सञ्चालित

kharibot

फाइल तस्विर । 

काठमाडौंँ / त्रिभुवन विश्वविद्यालयमा आर्थिक पारदर्शिता कायम गर्न ‘त्रिवि केन्द्रीय बेरुजु सूचना व्यवस्थापन सफ्टवेयर प्रणाली’ सञ्चालनमा ल्याइएको छ । 

सो सफ्टवेयरको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले आइतबार शुभारम्भ गरे । लेखापरीक्षण महाशाखाले आर्थिक पारदर्शिता कायम गर्न त्रिविका ३० शाखामा एकैसाथ सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याएको हो । 

‘‘त्रिविको आर्थिक अनुशासन र पारदर्शिता कायम गर्न आवश्यक रहेको छ’’ रजिष्ट्रार उप्रेतीले भने , ‘‘अब नयाँ प्रणालीअन्ुसार समयमै आन्तरिक एवं बाह्य लेखापरीक्षण गर्न नसक्ने शाखाको बजेट निकासा रोकिन्छ ।’’ 

नायब महालेखा परीक्षक विवेकानन्द घिमिरेले त्रिविले निर्माण गरेको नियम र कार्यविधिको प्रभावकारी कार्यान्वयन गर्न सबैलाई अनुरोध गर्दै त्रिविजस्ता शैक्षिक संस्थालाई आर्थिक अनुशासनको दायरामा राख्न सफ्टवेयर सञ्चालन उपयोगी हुने बताए । लेखापरीक्षण महाशाखाका प्रमुख आर्थिक नियन्त्रक राजेन्द्रबहादुर श्रेष्ठले त्रिविमा बेरुजु नियन्त्रणको प्रयास भइरहेको बताए । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै