• २०८१ बैशाख ८ शनिबार

सभामुख र उपसभामुख एउटै दलको भएको विषयमा संसदमा बहस नगर्न सभामुखको रुलिङ 

kharibot

काठमाडौँ। सभामुख कृष्णबहादुर महराले सभामुख र उपसभामुख एउटै दलको भएको विषयमा बहस नगर्न आजको प्रतिनिधि सभाको बैठकमा रुलिङ गरेका छन्।

बैठकमा बोल्दै सभामुख महराले ‘अदालतमा विचाराधीन रहेको विषयलाई संविधानको धारा १०५ मा व्यवस्था भएअनुसार नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाका सन्दर्भमा न्याय निरुपणका प्रतिकूल असर पर्ने कारण यस सम्बन्धमा छलफल गर्न नमिल्ने जानकारी गराउँछु’ भन्दै संसदलाई जानकारी गराएका हुन्।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद लक्ष्मी परियारले यो विषयमा बोलेकी थिइन् ।

यसअघि शुक्रबारको बैठकमा पनि कांग्रेसका सांसद मिनेन्द्र रिजालले यस विषयमा प्रश्न उठाएका थिए। सो क्रममा नेकपा सांसद कृष्णभक्त पोखरेलले विचाराधीन मुद्दालाई संसदमा उठाउन नमिल्ने भन्दै प्रतिक्रिया दिएका थिए।

गत जेठ ११ गते अधिवक्ता अच्युत खरेलले एउटै पार्टीको सभामुख र उपसभामुख भएकाले त्यो संविधान विपरीत भएकाले पुनः निर्वाचन गरेर फरक फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने माग राख्दै रिट निवेदन दर्ता गराएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भने यो विषय संबिधान विपरित भएको भन्दै यसलाई मुख्य मुद्धा बनाउने बताउदै आएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै