• २०८१ बैशाख १३ बिहीबार

नेपाल–चीन आवतजावत बन्द

kharibot

फाइल तस्विर । 

रसुवा / रसुवागढी राजमार्गको घट्टेखोलामा सवारी साधन आवतजावत बन्द भएको छ । ठाडोखोलाको भलपानीले पक्की पुलको जग क्षति पु¥याएपछि नेपाल–चीन आवतजावत गर्ने सवारीसाधनलाई घट्टेखोलामा रोक लगाइएको छ । 

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार जोखिम न्यूनीकरण गर्न सवारीसाधनमा रोक लगाई प्राविधिकद्वारा आजबाट अध्ययन कार्य शुरु गरिएको छ । गत शुक्रबारको अविरल वर्षाले घट्टेखोलामा बेजोडसँग पानीको बहाव बढेपछि दक्षिणतर्फको पुलको जग क्षति पु¥याएको स्थानीयवासीले बताए । 

सवारीसाधन नगुडेपछि भन्सार राजश्वमा दैनिक  एक करोड घाटा हुन गएको भन्सार कार्यालयले जनाएको छ । चीन सरकारद्वारा निर्माण गरिएको उक्त पुल क्षतिको स्थानमा सडक विभागका प्रतिनिधिले जगको गहिराइ कति छ चिनियाँ प्राविधिकसँग पनि समन्वय गरी पाँच दिनभित्र गल्छी रसुवागढी राजमार्गको सिधा यातायात सञ्चालन गर्ने लक्ष्य लिएको प्रजिअ पौडेलले बताए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै