• २०८१ बैशाख ७ शुक्रबार

 इन्टरनेशनल च्याम्पियन कप : म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको फराकिलो जित 

kharibot

काठमाडौँ।  इन्टरनेशनल च्याम्पियन कप अन्तर्गत म्यानचेस्टर युनाइटेड लिभरपुलसँग पराजित भएको छ।  

गएराती अमेरिकाको मिचिघन स्टेडियममा भएको खेलम लिभरपुलले युनाइटेडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।  लिभरपुलको जितमा साडियो माने, डेनियल स्टरेज, जेर्डन शकिरी र शेई ओजोले गोल गरेका थिए। 

त्यस्तै युनाइटेडका लागि एक मात्र गोल आन्द्रेस परेराले गरेका थिए।  

खेलको २८औ मिनेटमा लिभरपुलका मानेले पेनाल्टीबाट गोल गर्दै सुरुवाती अग्रता लिएकोमा खेलको ३३औ मिनेटमा युनाइटेडका परेराले गोल गर्दै खेल बराबरी गरेका थिए।  पहिलो हाफमा १-१ को बराबरी भएको खेलमा दोस्रो हाफमा लिभरपुलले ३ गोल गरेको थियो।  

लिभरपुलका लागि स्टोरेजले खेलको ६६औ मिनेटमा ग्ल गरेका थिए भने ओजोले ७४औ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए।  त्यस्तै शकिरीले खेलको ८२औ मिनेटमा गोल गर्दै लिभरपुललाई ४-१ को जित दिलाएका थिए।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै