• २०८१ बैशाख ८ शनिबार

प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ

kharibot

नवलपरासी। पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका–७ बाट प्रतिबन्धित लागुऔषधसहित तीन जना युवालाई आज प्रहरीले पक्राउ गरेको छ । 

भारतबाट नेपाल भित्र्याउँदै गरिएका विभिन्न प्रकारका लागुऔषधसहित उनीहरुलाई रङ्गेहात पक्राउ गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बेलासपुर नवलपरासीका सशस्त्र प्रहरी उपरीक्षक गाहारधन राईले जानकारी दिए । 

पक्राउ पर्नेहरुमा जिल्ला कास्की पोखरा महानगरपालिका–४ बस्ने वर्ष १८ का सुवास गुरुङ्ग, सोही स्थानका वर्ष १७ का जीतबहादुर मगर र पश्चिम नवलपरासी बर्दघाट–५ बस्ने वर्ष १८ का दीपक दर्जी रहेका छन् । 

उनीहरुको साथबाट नेप्सन १८० फाइल, नोफिन एउटा, डाइजेपाम एउटा र फेनेरागन एउटासमेत बरामद गरिएको छ । सशस्त्र प्रहरी अस्थायी पोष्ट त्रिवेणी र इलाका प्रहरी कार्यालय त्रिवेणीको संयुक्त सुरक्षा टोलीले लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । 

पछिल्लो समय नेपाल भारतसँग सिमाना जोडिएको नवलपरासीको बाटो हुँदै लागुऔषधको व्यापक कारोबार हुने गरेको देखिएको छ । 

पछिल्लो केही महिनायता भारतीय बजारबाट खरीद गरी नेपाल भित्र्याएका ठूला परिमाणमा लागुऔषध नवलपरासीको सिमानामा बरामद हुन थालेपछि लागुऔषध नियन्त्रण गर्न सुरक्षा चुनौती देखा परेको हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै