साहित्यको ‘प्रदीप’ले राजनीतिको अन्धकार हटाउँछु ! 

खरीबोट

काठमाडौं । सामान्यतया धेरै पढ्ने मान्छेले पढाइभन्दा अन्यत्र ध्यान दिनु हुँदैन भन्ने कुरालाई गलत साबित गरिदिएका छन् प्रदीप बस्नेतले । नेपाली साहित्यका उदाउँदा कवि तथा उपन्यासकार बस्नेतको विगत कोट्याउँदा उनी एक होनहार प्रतिभासम्पन्न बालक थिए भन्ने पुष्टि गर्छ — एक कक्षादेखि नै स्कुल टप गर्ने उनको बानीले । 

पढ्न र राम्रो अंक ल्याउन शिक्षककै भरभन्दा पनि आफैँले मिहिनेत गर्नुपर्ने धारणा राख्ने प्रदीप गाउँदेखि सहरसम्म वा स्कुलदेखि कलेजसम्म सधैँ टप हुँदै आए । पढाइमा तीक्ष्ण उनी साहित्यको ‘प्रदीप’ बनेर उज्यालो फैलाउँदै छन् । गहन अध्ययनलाई साहित्यमा जोड्न सफल प्रदीपले दुई पुस्तक प्रकाशन गरिसकेका छन् । पहिलो कृति ‘तितो सत्य’ नामक कविता संग्रह र दोस्रो कृति ‘सिक्रेट लभ’ उपन्यास ल्याइसकेका छन् उनजे । अब एक महिनाभित्र नै कथा संग्रह ल्याउने तयारीमा जुटेको प्रदीपले खरीबोटलाई जानकारी दिए । 

पढाइ छोडेर साहित्यमा लाग्नेले पढाइ राम्रो गर्न सक्दैन भन्नेहरुको लागि उनी अपवाद बनेका छन् । यसको प्रतिक्रिया दिँदै उनले भने, “साहित्यले पढाइलाई असर गर्दैन बरु पढाइप्रति अझ रुचि बढाउँछ ।”

जहाँ गयो उहीँ छात्रवृत्ति 

उदयपुरमा  आमा रामप्यारी र बाबु प्रेमबहादुर बस्नेतको जेठो सन्तानका रुपमा जन्मिएका प्रदीप कक्षा ५ देखि बूढानिलकण्ठ स्कुलमा स्कलरसिपमा पढ्दै आएका थिए । हाल प्लस टु समेत ट्रिटन कलेजमा  फुल स्कलरसिपमा व्यवस्थापन विषय अध्ययन गरिरहेका उनी हिजोआज ध्यान पनि गर्छन् । १ महिनायता ध्यान गरिरहेका उनलाई स्मरण शक्तिमा सुधार आएको र तनाव कम भएको अनुभव छ । सामान्यतया बिहान दैनिक २५ मिनेटको समय मेडिटेसन गर्दा राम्रो हुने उनको सल्लाह छ । पढ्नेहरुका लागि त ध्यान आवश्यक कुरा नै भएको उनले बताए ।  

५ कक्षादेखि १० कक्षासम्म नै सरकारी स्कुलमा पढेका प्रदीप वर्षमा ३० देखि ४० दिनसम्म सरले पढाएको सुनेको त्यसबाहेक सबै आफ्नै मिहिनेतले पढेको दाबी गर्छन् । उनले भने, ‘वर्षमा ३० देखि ४० दिन शिक्षकले पढाएको पढे हुँला, अरु सबै आफैँले मिहिनेत गरेकोे हुँ ।’ 

समयको भागबण्डा

२४ घण्टामा २ घण्टा खेल्न, कलेज जान,  २ दिनमा १ वटा साहित्यिक किताब पढेर सक्न, सधैँ गृहकार्य गर्न, पत्रिका पढ्न, फेसबुक चलाउन समेत आफूले समय पुर्याएको प्रदीपको भनाइ छ  । 

कलेजमा पूरै समय अध्ययनमा दिने र आधा घण्टाको समय कोर्सको किताब पढेपछि बाँकी समय उनी साहित्यिक कितावलाई दिन्छन्  । यसबाट पनी बुझ्न सकिन्छ उनको दिमाग साँच्चै सामान्य मानिसको भन्दा फरक छ  ।

पहिलो सन्तान :तितो सत्य

पहिलो कृति “तितो सत्य” ल्याउँदा आफूले कुनै पनि साहित्यिक किताब नपढेको बताउने उनी आफूले स्कुलमा पढाइ भएको कविताहरुबाट नै लेख्न सुरु गरेको बताउँछन् । साहित्यतिर रुचि राख्ने भएको कारण व्यावसायिक हिसाबले अगाडि बढ्न आफूले पहिलो कृति प्रकाशन गरेको उनको भनाइ छ । साहित्यमा लाग्नु र पुरस्कार पाउनु ठूलो कुरा हैन तर जीवनभर साहित्यमा लागेर ७÷८ वटा कृति निकाल्नुमा कृति उत्कृष्टता गनिन्छ नै कति दियो भन्ने पनि हुन्छ  । तर जति लेख्दै गयो उति सिकिन्छ भन्ने उनको धारणा छ  । उपन्यास लेख्न थालेपछि आफूमा नेपाली धेरै सुधार भएको अनुभव उनको छ । उनले भने, ‘उपन्यास लेख्न थालेपछि नेपालीमा धेरै सुधार भएको छ,  ३÷४ हजारको वर्ड लेख्दा ४ वटासम्म मात्र गल्ती हुन्छ ।’

जे भोगेँ, त्यही लेखेँ 

सानै उमेरमा उपन्यास लेखेर चर्चा बटुलेका प्रदीप आफ्नो उपन्यास दश कक्षाभन्दा अगाडिको विद्यार्थी जीवन र किशोर प्रेमसँग आधारित भएर लेखिएको बताउँछन् । सिक्रेट लभ उनले लेखेको उपन्यास हो ।

वर्षमा १०० पुस्तक पढ्ने  र एउटा पुस्तक लेख्ने लक्ष्यसहित उनी अगाडि बढिरहेका छन् । कसैको कहानीमा आफ्नो विचार, धारणा राखेर लेख्ने गरेको उनको भनाइ छ ।

अब कथासंग्रह निकाल्छु 

उपन्यास र कविता संग्रह प्रकाशन गरिसकेका प्रदीप एक महिना पछिसम्मको सम्पूर्ण कोर्स पूरा गरेर एक महिना विदा बसेर कथासंग्रह ल्याउने तयारीमा जुटेका छन् । साहित्यबाट समृद्धि सम्भव रहेको बताउने उनी राजनीतिमा समेत अगाडि बढ्ने योजनामा छन् । ‘धेरै मान्छेहरु जीवनभर राजनीतिमा लागेर पछि साहित्यमा लागेका छन् तर म साहित्यमा लागेर पछि राजनीतिमा लाग्ने सोचमा छु  ।’ यदि यस्तो गरे साहित्यमा बाधा नपर्ने उनको बुझाइ छ ।

मिहिनेती बने सबै सम्भव छ

आफूभन्दा साना भाइबहिनीको लागि उनले आफ्नो सपनालाई पूरा गर्न आग्रह गरे । अरुले भनेका राम्रा÷नराम्रा सबै कुरालाई ध्यान दिँदै अपिनिअन÷आइडिया (विचार÷दृष्टिकोण) सबैको लिने र आफ्नो सहजतामा अगाडि बढ्न सकिने उनको भनाइ छ ।

सरकारी स्कुलमा पढेको फाइदा नै मिहिनेती बन्न सिकेको उनलाई लाग्छ । त्यस्तै पढाइसँगै काम पनि गर्नुपर्ने उनको विचार छ । जसले मिहिनेती बन्न सिकिने र त्यो समग्र जीवनकै लागि लाभदायक रहने उनले सुझाए । पढाइलाई हानि नहुने गरी मिहिनेत गर्नुपर्ने उनी बताउँछन् ।  

होस्टेल बस्दा रोएर रेकर्ड राखेँ

५ कक्षा पढ्दादेखि नै बाबुआमाबाट टाढा बसेका प्रदीप होस्टेलको सुरुवाती दिनमा ७ घण्टासम्म रोएर रेकर्ड नै राखेको बताउँछन्  । त्यसपछि बानी परेकाले वास्ता नलागेको उनलाई याद छ । होस्टेलमा बसेकाले त्यति राम्ररी समाजलाई बुझ्नै बाँकी रहेको उनको अनुभव छ । उनले भने, ‘लेखाइ भनेकै समाजको पाटो हो, यो बन्द  होस्टेलको कोठाबाट समाज बुझ्न पाइएन, घाटा लाग्यो । कथा, कहानी लेख्न फेरि समाज बुझ्न र हेर्न जानुपर्छ  तर सबै घाटा मात्र हैन, पढाइ सुधार्न र केही सिक्नको लागि घर छोड्नुपर्दो रहेछ भन्ने कुरा पनि सिक्न पाइयो ।’

सम्बन्धित समाचार

हास्य व्यंग्यको दुनियाँमा रमाएका डम्बर 

काठमाडौँ । २००२ सालमा खोटाङ जिल्लाको रावाखोला वडा नम्बर ६ मा आमा मेनकुमारी र बाबु गजाधर घिमिरेको कान्छो छोराको रुपमा जन्मिएका हुन् डम्बर घिमिरे । सामान्य परिवारमा जन्मिएका घिमिरे आफ्नो बाल्यावस्थालाई

जिन्दगीको उर्वर समय राजनीतिमा बिताएकी सीता 

काठमाडौं । २०१४ सालमा हालको काँस्की लेखनाथ महानगरपालिका पुनरचोर १९ मा आमा रेवती र बुबा कृष्णप्रसाद पौडेलको साईली सन्तानको रुपमा सिता पौडेलको जन्म भएको हो  । संघर्षमय बाल्यकाल भएको बताउने

सृष्टिको ‘ब्लाइण्ड रक्स’ जीवन   

काठमाडौँ।  जीवनमा हरेक कोणबाट कठिनाई छ । कठिनाईसँग भाग्नेहरु पनि छन् । जीवनदेखि हार्न नजान्नेहरु नै सफलताको शिखरमा पुग्न सक्छन् । १६  वर्षको कलिलो उमेर आँखाको दुष्टि गुमेपछि सृष्टिको जीवनमा ठुलो

कमलाको पार्लर मोह  

काठमाडौँ । चाहानाको उत्कृष्टताले मान्छेलाई प्रेरित गरेको हुन्छ । मान्छे कुनै न कुनै रुपमा आफनै  इच्छाको वैतर्नीको लागि उन्मुख हुन्छ । नदीको भेललाई पनि झिनो देख्छ । इच्छाशक्तिलाई मान्छेको तत्परताले