• २०८१ बैशाख ६ बिहीबार

रियल म्याड्रिडका फ्यानले भने रोनाल्डोको ठाउमा ह्यारी केनलाई ल्याउ !

kharibot

काठमाडौँ  । क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छोडेपछि रियलका फ्यानले रोनाल्डोको ठाउमा विश्वकपमा गोल्डेन बुट विजेता ह्यारी केनलाई ल्याउनु पर्ने धारणा व्यक्त गरेका छन्।  

स्पेनिस मिडिया मार्काले गरेको एक सर्वेक्षणमा रियलका फ्यानहरुले रोनाल्डोको ठाउमा केनलाई ल्याउनु पर्ने बताएका हुन्।  २ लाख फ्यानले गरेको मतदानमा केनलाई ल्याउनु पर्छ भन्नेमा २६ प्रतिशत फ्यानले आफ्नो मत दिएका थिए।  प्रिमियर लिग क्लब टोटनह्यामबाट खेल्ने केनले अघिल्लो महिना मात्र क्लबसँग सन् २०२४ सम्मका लागि सम्झौता नवीकरण गरेका छन्। 

सो सर्वेक्षणमा दोस्रो स्थानमा भने पिएसजीबाट खेल्ने उरुग्वेका एडिसन कभानी र एसी मिलानबाट खेल्ने अर्जेन्टिनाका मौरो आकार्डीले १४-१४ प्रतिशत मत पाएका छन्।  त्यस्तै फ्रेन्च क्लब लियोनबाट खेल्ने स्पेनिस खेलाडी मारियानो डियाज र बायर्न म्युनिखबाट खेल्ने पोल्याण्डका रोबर्ट लिवानडोस्कीले १२-१२ प्रतिशत मत पाएका छन्।  

रोनाल्डोले क्लब छोडेपछि रियल म्याड्रिडले उनको ठाउमा विभिन्न खेलाडीहरुलाई ल्याउन प्रयास गरेपनि सफल हुन् सकेको छैन।  मिडिया रिपोर्टका अनुसार चेल्सीका इडेन हाजार्डलाई ल्याउने प्रयास म्याड्रिडले गरेपनि त्यो सफल हुन् सकिरहेको छैन। 

त्यस्तै अर्को रिपोर्ट अनुसार रियलका ग्यारेथ बेललाई म्याड्रिडले प्रमुख खेलाडी बनाएर यस सिजन हेर्न सक्ने बताइएको छ।  महँगो ट्रान्सफर रकममा रियल आएपनि बेलले इन्जुरी र पर्याप्त खेल्ने मौका नपाउदा राम्रो प्रदर्शन गर्न सकेका छैनन् तर उनले पाएको मौकामा भने उत्कृष्ट प्रदर्शन गर्ने गरेका छन्।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै