• २०८१ बैशाख ७ शुक्रबार

जनप्रतिनिधि फलोअप : काठमाडौँ महानगर वडा नम्बर ११, फोहोरमैला व्यवस्थापन प्रमुख चुनौती  

kharibot

काठमाडौँ।  काठमाडौँ महानगरपालिकाका ३२ वडा मध्येको ठूलो वडाको रुपमा वडा नम्बर ११ रहेको छ  । त्रिपुरेश्वर, थापाथली, माईतिघर, बबरमहल, भोटेबहाल , सुन्धारा, भद्रकाली, सिंहदरबारको वरिपरी, सिंहदरबारको दक्षिण साईड लगाएतका ठाउँहरु काठमाण्डौँ महानगरपालिका वडा नम्बर ११ भित्र पर्दछन्  ।

स्थानीय तहको निर्वाचनपछि काठमाण्डौँ महानगरको पहिलो बोर्ड बैठकले महानगरभित्र विकास निर्माणको कामलाई निरन्तरता दिन काठमाण्डौँ महानगरका ३२ वटा वडालाई ठूलो , मझौला र सानो गरेर तीन क्याटागोरीमा बिभाजन गरेको थियो , जस मध्ये सानो वडा भएता पनी कर संकलन बठी गर्ने भएकाले काठमाण्डौँ महानगरपालिका वडा नम्बर ११ ठूलो वडामा परेको थियो  ।

जहाँ ठूलो वडालाई वार्षिक २ करोड २५ लाख , मझौलालाई एक करोड २५ लाख  र सानो वडालाई एक करोड ५ लाख  दिने निणर्य गरेको थियो  । महानगरको गसै निणर्य अनुसार कामपा वडा नम्बर ११ लाई  ठूलो वडाको रुपमा २ करोड २५ लाख छुट्याईएको थियो भने , यो आर्थिक वर्षबाट यसलाई बढाएर ३ करोड पुर्याइएको छ  ।ठूलो वडा भएता पनी यस वडाको जम्मा जनसंख्यालगभग २५ हजार रहेको छ  ।

यस वडाका सबै जनप्रतिनिधिहरु नेपाली काँग्रेसबाट बिजयी भएका थिए । यस वडाका वडा अध्यक्ष हिरालाल तण्डुकार रहेका छन्  । अन्य वडामा जस्तै यस वडामा विकास निर्माणका कामहरु भएका छन्  ।

खरीबोटसँग कुरा गदै अध्यक्ष तण्डुकारले स्थानीयको माग र आवश्यकताको आधारमा काम गदै आएको बताए । काठमाडौँ महानगरपालिका वडा नम्बर ११ मा प्रमुख समस्याको रुपमा फोहोरमैला रहेको तण्डुकारको भनाई छ । उनले भने “ ढल, सडक, खानेपानी , सडक बत्ति, लगाएतका समस्या त छदै छ , प्रमुख समस्याको रुपमा फोहोर रहेको छ, हाल वडामा दैनिक ४ टन फोहोर संकलन हुन्छ, जसले गर्दा व्यवस्थापनमा धेरै समस्या छ उनले” भने । 

दैनिक ४ टन फोहोर यस वडाबाट निस्कने भएकाले त्यसको व्यवस्थापनको लागि समस्या भएको उनले बताए । वडाको फोहोर ब्यवस्थापनको लागि दैनिक रुपमा नै वडाको फोहोर संकलन गर्न प्राईभेट कम्पनिले सहयोग गरिरहेको  भएता पनि फोहोर व्यवस्थापन गर्न समस्या भएको उनको भनाई छ । 

यो एक्काइसौ शताब्दिमा पनि ४२ सालमा जे काम गरिन्छ त्यो काम नै गर्नुपर्ने बाध्यता भएको उनले गुनासो पोखे , भन्छन् “यो एकाइशौँ शताब्दीमा पनि ४०, ४२ सालको जस्तै ढल बनाउँने, बाटो बनाउँने, पिच फोहोर सफा गर्ने जस्ता सामान्य काम गर्नुपर्ने परेको छ नयाँ नौलो काम केहि छैन् । ” उनले भने । सधै एउटै मात्र काम हुनुको कारण भने जनताको माग नै त्यहि भएको उनको भनाई थियो  ।

दैनिक चार टन फोहोर संकलन हुने यस वडामा प्राइभेट कम्पनीले संकलन गदै आएको र वडाबाट संकलन गरिएको फोहोर भने काठमाण्डौँ महानगरको वातावरण विभागस्थित टेकुमा ब्यवस्थापन गदै आएको भएता पनि त्यहाबाट दिर्घकालिन ब्यवस्थापनको लागि सिस्डोलस्थित डम्पिङ्ग साईडमा नै लग्ने गरेको उनको भनाई छ  । तर वडामा सडक, बत्ति, ढल फोहोर लगाएतका समस्या भए तुरुन्त वडामा खबर गर्न आग्रह गरेका छन् । जनसंख्याको हिसावले अन्य वडा भन्दा यो वडा सानो भएता पनि होटल, रेष्टुरेन्ट, हस्पिटल धेरै भएकाले फोहोर अन्य वडाको भन्दा धेरै भएको उनले बताए ।

अन्य वडामा भन्दा बढी फोहोर संकलन हुने भएको भएता पनि आफ्नो वडामा अब्यवस्थित रुपमा जथाभावि फोहोर राख्ने काम नभएको तण्डुकारले बताए  , भन्छन् “ फोहोर धेरै संकलन हुने भएता पनि यस वडाभरी नै जथाभावी सडकमा फोहोर छैन् । ” तर पछिल्लो केहिदिनदेखी सिस्डोलमा बाटोमा समस्या भएको कारण फोहोरसंकलन नगरिएको हुनाले केहि ठाउँमा सडकमै फोहोर राखेको छ भन्ने सुनेको छु तर फोहोरको गाडी नआए सम्म घरबाट बाहिर फोहोर निकाल्न पाईदैन् उनले भने । 

ढल बनाउने, बाटो, पिच, ढलान, मंगल राख्ने,  ढल सफा गर्ने, सडक बत्ति राख्ने भन्दा बाहेक यस वडामा स्वास्थ्य क्षेत्रलाई बढी भन्दा बढी प्राथमिकतामा राखेको उनको भनाई छ, उनले भने “ स्वास्थ्य क्षेत्रलाई मध्ये नजर गदै ११ नम्बर वडाबासीको स्वास्थ्यको लागि ब्लुक्रस र नर्भिक हस्पिटलसँग समन्वय गरेर वडाका मतदाताहरुलाई २० प्रतिशतसम्म छुटको ब्यवस्था गरेका छौँ । ” जहाँ महिलाहरुको लागि प्रत्येक महिनाको दोस्रो सनिवार महिलाहरुको स्वास्थ्य तथा पाठेघर परिक्षण निशुल्क गरिएको उनको भनाई छ । जहाँ औषधि र बेडको लागि १० , १० प्रतिशत छुटको ब्यवस्था गरीएको छ  तर महङ्गो बेडमा नभएर नर्मल बेडमा बस्नेहरुको लागि मात्र छुटको ब्यवस्था रहेको उनले बताए ।

 त्यस्तै, वडालाई मोतिया बिन्दु अन्त्यको घोषणा गर्ने तयारीमा रहेको र जसको लागि आँखा अस्पतालसंग सहकार्य  र समन्वय गरिरहेको उनले बताए । मोतियाबिन्दु निशुल्क गर्ने सोच भएको भएता पनि २ हजार देखी २२ सयसम्म खर्च हुने उनले बताए । 

फोहोर व्यवस्थापन र ताजा तरकारी प्रयोगको लागि भन्दै काठमाण्डौँ महानगरले ल्याएको कौशीखेतीको तालिम प्रदान गरेको भएता पनि त्यो प्रभावकारी नभएको तण्डुकार बताउँछन् भन्छन्  ,“ फोहोर ब्यवस्थापनलाई मध्यनजर गरेर महानगरले ल्याएको कौशिखेती प्रभाबकारी भएको छैन्  , हामीले जे सोचेर तालिम दियौँ त्यसमा सफलता हात पार्न सकिएन्  । ”

कौशिखेतीको लागि निशुल्क भाडा, मल, बिउँ प्रदान गर्दा पनि कुहिने र नकुहिने फोहोर समेत नछुट्याएको पाईयो , त्यसैले यो प्रभाकारी भएन् ,त्यसले तण्डुकार भन्छन् “ कौशिखेती कार्यक्रममा महानगर फेल भयो  । ”

कौशिखेतीको लागि महानगरले उपलब्ध सेवा बाहेक अन्य कुनै कुरामा सहयोग गर्नुपरे वडाले जस्तोसुकै सहयोग गर्ने भनेको थिए , तर यसमा सहयोग गर्दिनु भनेर कोहि आएनन् उनले भने  ।  

तालिम लिएका वडावासीहरुले कौशिखेतीको लागि समयछैन् , अल्छि लाग्यो , प्रतिक्रिया छ छदै छ त्यसमा पनि कौशिमा गमला राखेपछि घरमा ओस लाग्ने भएकाले कौशीखेतीप्रती स्थानीयको चासो नभएको उनको भनाई छ  । तर नयाँ बनेका नयाँ घरहरुमा कौशिखेतीगर्न मिल्नेगरी घर निर्माण गरिएको उनको भनाई छ  ।

हालसम्म कामपा वडा नम्बर ११भित्र डाँफे मार्गमा ढल तथा ब्लक छाप्ने, थापाथली हाईटमा डल तथा ब्लक छाप्ने , स्कुल गल्लीमा ढल निर्माण तथा ब्लक छाप्ने  ,भोटेबहालमा ब्लक छाप्ने , बंशिघाट र समिती मार्गमा ढल निर्माण , वडाभरी नै सडक बत्ति जडान , जेष्ठ नागरिकलाई स्वास्थ्य परिक्षण सहित बिशेष भक्ता बितरण लगाएतका कामहरु सम्पन्न भइसकेका छन् । 

यस वडामा लगभग ६ सय जेष्ठनागरिक रहेको यस वडामा बिशेष भत्ता लिने जेष्ठ नागरिकहरु ४ सय रहेका छन्  ।

वडाको विकासको लागि लागि परेका वडा प्रमुख हिरालाल तण्डुकार सार्वजनीक शौचालयको निर्माणलाई प्राथमिकता अगाडी सारेको बताउँछन् , “ वडा भरी नै सार्वजनिक शौचालय नभएको कारण सार्वजनीक शौचालय निर्माणको कार्यलाई प्रथम स्थानमा राखेर अगाडी बढेको छु  । ”

त्यस्तै , थापाथली चोकमा रहेको ऐतिहासिक चेस पार्कलाई सुधार गर्ने, सार्वजनिक जग्गा खोजीको कार्य निरन्तर चलिरहेको र ती जग्गाहरुमा जेष्ठ नागरिक तथा  बालबालिकाको लागि मनोरञ्न पार्क निर्माण गर्ने र कुनै पेसा, ब्यवसाय नगर्ने र दिनभरी घरमा नै बस्ने महिलाहरुको समय बेतित गराउन महिलामैत्री भजन किर्तन गर्ने भवन निर्माण गर्ने लक्ष्य रहेको उनले बताए  ।

महिलाहरुलाई सिप मुलक र आर्थिक रुपमा सम्पन्न बनाउँन महानगरले अचार, गहना, जुत्ता, माला, सेल, भुजिया, ब्युर्टिपार्लर  लगायतको तालिम प्रदान गरेको भएता पनि त्यसप्रती कसैले चासो नदेखाएकोमा उनले गुनासो ब्यक्त गरेका छन्  । भन्छन् “ २० जनाले तालिम लिएकोमा २ जनाले मात्र भएपनि ब्यवसायिक रुपमा निरन्तरता दिएको भएपनि त्यो धन्य हुन्थ्यो, अपुग आर्थिक सहयोग गर्छु भन्दा पनि बिडम्बना एक जनाले पनि व्यवसायिक रुपमा अगाडी बढ्ने रुचि देखाएन्न् । ”

आर्थिक समस्याको कारण महिलाहरु समाजमा पछि परेका भन्ने सवालमा तण्डुकार भन्छन् ,“काठमाण्डौँ बाहिरका महिलाहरु आर्थिक कारणले पछाडी परेका होलान् तर काठमाण्डौँका महिलाहरुमा सोहि कुरा लागु हुदैन्  ।     

त्यस्तै महानगरको पहलमा सडकमा बस्ने बालबालिका तथा मानिसहरुलाई सडकबाट हटाउँने काम गदै आएको छ  । मानवसेवा समाज संस्था र महानगरको सहयोगमा सडक पेटीमा बस्ने मासिनरुलाई सम्झाई बुझाई गरेपछि संस्था सम्म पुर्याउँने काम भई रहेको छ, बिगतलाई हेर्दा न्युरोड, टुडीखेल, रत्नपार्क लगायतका ठाउँमा सडक मानिसहरु धेरै हदसम्म हटिसकेको दाबी उनको छ  । 

तर कतिपय मानिसहरु सडक पेटीमा नै बसेर घर, बनाएको, छोराछोरीलाई बोर्डिङ्ग स्कुल पढाएको भन्ने धेरै मान्छेहरु संस्थामा जान नमानेर भागि भागि बसेको अबस्था रहेको उनले बताए । खान, बस्न, काम गर्नु पदैन् भन्दा समेत नमानेको अवस्था रहेको उनले बताए  । 

त्यस्तै, सम्पदा पुननिर्माण गर्न स्थानीय सरकारलाई अधिकार प्राप्त नभएको र सरकारले समेत कुन सम्पदा कसरी बनाउँने भन्ने जानकारी नभएको कारण  र  पुरातत्व विभागसँग खाका लिनुपर्ने भएता पनि सम्पदा पुननिर्माण गर्दाा कस्ता सामाग्रीहरु प्रयोग गर्ने  रकसरी ब्यवस्थापन गर्ने भन्ने बिषयमा विभाद नै हुने भएकाले ढिलो भएको हो , उनले भने  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै