• २०८१ बैशाख १४ शुक्रबार

प्रेमी निकसँग विवाह गर्न प्रियंकाले सलमानको फिल्म भारत छोडिन !

kharibot

मुम्बई।  अभिनेत्री प्रियंका चोपडाले सलमान खानसँगको फिल्म भारत छोडेकी छन्।

फिल्मका निर्देशक अली अब्बास जाफरले प्रियंकाले विशेष कारणले उनको फिल्म छोडेको जानकारी दिएका छन्।  प्रियंकाको यस फिल्मबाट बलिवुडमा कमब्याक गर्ने विस्वास गरिएको थियो।  यसका लागि प्रियंकाले १० करोडभन्दा बढी पारिश्रमिक लिएको चर्चा थियो।

निर्देशक जाफरले विशेष कारणले प्रियंकाले फिल्म छोडेको जानकारी गराएपछि भारतीय मिडियाहरुले प्रियंकाले आफ्ना १० बर्ष कम उमेरका प्रेमी निक जोनाससँग विवाह गर्ने तयारी गरेको उल्लेख गरेका छन्।  जाफरले ट्वीटरमा 'निक' शब्दको प्रयोग गर्दै प्रियंकालाई जीवनमा धेरै खुशी मिलोस भनेर उल्लेख गर्नासाथ मिडियाले प्रियंकाले घरजम गर्ने तयारी गरेको उल्लेख गरेका छन्। 

केहि समय अघि मात्र प्रियंकाले आफ्ना प्रेमी निकलाई भारतसमेत लिएर आएकी थिइन्।  त्यसति बेला नै प्रियंका निकसँग सिरियस रिलेसनसिपमा रहेको बुझिएको थियो।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै